निर्वाचन आचारसंहिताले तरहराको अर्को ठुलो कार्यक्रम स्थगीत, नयाँ मिति तय
तरहरा। निर्वाचन आचारसंहिता लाई मध्यनजर गर्दै तरहराका दुई ठुला अभियानहरूले आपसी समझदारीमा नयाँ मिति तय गर्ने भएका छन्।

‘तरहरा रन’ का अध्यक्ष शिव रुम्दाली राईले हिजो ‘गोर्खा खबर’ सँग कुरा गर्दै फागुनको निर्धारित दौडलाई सारेर आगामी चैत्र ७ गते शनिबार आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
“स्वास्थ्यका लागि दौड” भन्ने मूल नाराका साथ सुरु भएको यो अभियानले तरहरालाई खेलकुद र एड्भेन्चर टुरिजमको केन्द्र बनाउन ठुलो भूमिका खेल्दै आएको छ। स्थानीय क्लबहरू, पूर्व खेलाडीहरू र विदेशमा रहेका तरहराबासीहरूको सहयोगमा सञ्चालित ‘तरहरा रन’ ले राष्ट्रिय स्तरका धावकहरू उत्पादन गरिसकेको छ ।
यसैगरी, तरहरा उत्सवका आयोजकले पनि ‘तरहरा रन’ सँगको सहकार्यलाई महत्त्व दिँदै उत्सवको मिति धावकहरू र स्थानीयलाई पायक पर्ने गरी तय गर्ने योजना बनाएका छन् । तरहराको आर्थिक र सांस्कृतिक उत्थानका लागि दुवै संस्थाले एउटै उद्देश्यका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्।
