आर्थिक सामाजिक रूपान्तरणमा ‘एकिकृत भु.पु. सैनिक बचत तथा ऋण सहकारी संस्था’

0
vupu sahakari-min

तराहरा, सुनसरी । एकिकृत भु.पु. सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १५औँ वार्षिक साधारण सभा तथा उप-निर्वाचन यसै संस्थाका शेयर सदस्य श्री ध्रुवजंग राईको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ ।

साधारण सभा संयोजक ख्याम अधिकारीको संयोजकत्वमा सम्पन्न यस कार्यक्रमले संस्थालाई अझ सशक्त बनाउनुका साथै सदस्यहरूलाई सम्मानित गरेको छ ।

अधिकारीको संयोजकत्वमा सम्पन्न यस कार्यक्रमले पूर्व गोरखा सैनिक परिवारहरूको वित्तीय पहुँच, सामाजिक सम्मान र सामुदायिक एकतामा जोड दिएको देखिन्छ। यस अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋण कारोबार सदस्य, एकल महिला, एकल पुरुष, एसईई (SEE) तर्फका विद्यार्थीहरूलाई सम्मान गरिनुका साथै ७५ वर्ष माथिका वृद्ध सदस्यहरूलाई पेन्सन भत्ताबापत नगद उपलब्ध गराएर संस्थाले सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्य गरेको छ।

साधारण सभाको क्रममा उप-निर्वाचन मार्फत यस संस्थाको लेखा सुपरिवेक्षण संयोजकमा श्री रुद्र बहादुर खड्का सर्वसम्मतिले चयन हुनुभएको छ। सहकारी संस्थाको वित्तीय पारदर्शिता र सुशासन कायम गर्न लेखा सुपरिवेक्षण संयन्त्रको महत्त्वपूर्ण भूमिका रहने भएकाले यो चयन संस्थाको भविष्यको लागि एक सकारात्मक कदम हो। सहकारी संस्थाहरूले सदस्यहरूको सानो पुँजीलाई एकत्रित गरी उत्पादनशील क्षेत्रमा लगानी गर्ने, वित्तीय साक्षरता बढाउने र सदस्यको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्ने महत्त्वपूर्ण भूमिका खेल्छन्।

‘एकिकृत भु.पु. सैनिक बचत तथा ऋण सहकारी संस्था लि.’ ले सामान्य सहकारीको दायराभन्दा माथि उठेर विशेषतः पूर्व गोरखा सैनिक परिवारहरूलाई एकताबद्ध गर्ने अत्यन्तै प्रशंसनीय प्रयास गर्दै आएको छ।

विदेशमा आर्जन गरेको रेमिटेन्सलाई सही ढङ्गले बचत गर्ने वातावरण तयार पारेर, सदस्यहरूलाई स्वरोजगारका लागि सरल कर्जा प्रवाह गरेर, र सामाजिक सुरक्षाको भावना जागृत गराएर संस्थाले समाजमा ठूलो योगदान पुऱ्याएको छ।

पूर्व सैनिकहरूको परिवारलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै, सामुदायिक बन्धनलाई बलियो बनाउन संस्थाले खेलेको भूमिका स्थानीयस्तरमा साँच्चै नै उदाहरणीय र प्रभावकारी रहेको संस्थाका व्यवस्थापक (म्यानेजर) अनिता गुरुङले बताईन् ।

तस्वीरः अनिता गुरुङ, व्यवस्थापक (म्यानेजर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *