सविन्द्र थापाको अध्यक्षतामा फिन्ये अमेरिकाको नयाँ कार्यसमिति सर्वसम्मत चयन

0
america news

डालस, टेक्सास । नेपाली उद्यमीहरूको अन्तर्राष्ट्रिय सञ्जाल फेडरेशन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINE) उत्तर अमेरिकाको उद्यमी सम्मेलन तथा वार्षिक साधारण सभा अमेरिकाको डलास, टेक्सासमा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले २०२५-२०२७ कार्यकालका लागि सविन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

करिब २०० नेपाली उद्यमीहरूको सहभागिता रहेको यस सम्मेलनको उद्घाटन आठ वर्षीया बालिका अन्या श्रेष्ठले बिरुवामा पानी हालेर एक विशेष शैलीमा गरेकी थिइन्।

सम्मेलनमा नेपाल राष्ट्र बैंकका निर्देशक प्रल्हाद गिरी (विशेष अतिथि) र ‘खल्ती’ डिजिटल वालेटका संस्थापक अमित अग्रवाल लगायत नेपाल तथा अमेरिकाका प्रतिष्ठित वक्ताहरूले उद्यमशीलताका विविध पक्षमा आफ्ना अनुभव र दृष्टिकोणहरू प्रस्तुत गरेका थिए। सजन गौतमको सहजीकरणमा भएको प्यानल छलफलमा सतीश गैरे, सुनिल साह, सुमन थापा, अनु तामाङ र प्रल्हाद गिरी लगायतका वक्ताहरूले उद्यमशीलता र आर्थिक वृद्धिका विषयमा महत्वपूर्ण अन्तरदृष्टि प्रदान गरे।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण खकुरेल, उपाध्यक्षमा राज प्रकाश भण्डारीराम हरि थापा, महासचिवमा अनु तामाङ, सचिवमा सोनी थापाकोषाध्यक्षमा श्रद्धा थाकुरी चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा अनिता गुरुङ, दीपक खरेल, चानी लामा, चक्रपाणि अधिकारी, नवराज आचार्य, रविन कार्की (र्यान), सुनिल गौतम र रेश्मा ताम्राकार रहेका छन्। यसैगरी, यूएस खबरका अध्यक्ष तथा प्रधान सम्पादक ओम आचार्यलाई सञ्चार संयोजक तथा प्रवक्ताको जिम्मेवारी दिइएको छ।

यो सम्मेलनले उत्तर अमेरिकामा रहेका नेपाली युवा उद्यमीहरूलाई एकै ठाउँमा ल्याई अनुभव आदानप्रदान गर्ने र अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *