रामधुनीका दुई घाइते जेनजीलाई सहयोगको खाँचो

0
itahari genz gurkha khabar-min

धिरेन्द्र कुमार चौधरी । रामधुनी

भदौ २३ गते भ्रष्टाचार र सामाजिक सञ्जालको बन्दविरुद्ध भएको जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर रामधुनी नगरपालिका-८ का दुई युवा घाइते भएका छन्। घाइते हुनेमा १८ वर्षीय आदर्श चौधरी र १७ वर्षीय आशिष चौधरी रहेका छन्।

आन्दोलनमा सहभागी हुँदा आदर्शको पेट र छातीमा दुई गोली लागेको छ भने आशिषको पाखुरा नजिक एक गोली लागेको छ। घाइते भएपछि उनीहरूलाई इटहरीस्थित सामुदायिक अस्पतालमा लगिएको थियो, जहाँ उपचार हुन नसकेपछि विराटनगरको टिचिङ मेडिकल अस्पतालमा लगिएको हो।

टिचिङ अस्पतालमा निःशुल्क उपचारपछि घर फर्किएका उनीहरूलाई डाक्टरले नियमित स्वास्थ्य जाँच र भिटामिनयुक्त खाना खाने सल्लाह दिएका छन्।

तर, आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूलाई अस्पताल जाने-आउने, घाउ सफा गर्ने र पौष्टिक आहार जुटाउन समस्या भएको परिवारिक स्रोतले जनाएको छ। उनीहरूलाई थप उपचार र पोषणका लागि सहयोगको खाँचो रहेको बताइएको छ।

आदर्श चौधरी

आशिष् चौधरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *