नेपाली समाज माल्टाको स्वर्गिय खिम बहादुर पुनको परिवारलाई आर्थिक सहयोग
नेपाली समाज माल्टाको समन्वयमा माल्टामा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले स्व. खिम बहादुर पुनका लागि दुई लाख ३८ हजार ६ सय ९० रुपैयाँ सहयोग संकलन गरि नेपालमा पुनकी श्रीमतीदेबी पैजा पुनलाई पठाएको छ ।
“स्वर्गीय पुनको परिवारलाई केही सहयोग होस् भनेर आर्थिक संकलन गरि नेपाल पठाईएको”, समाजका अध्यक्ष ज्ञान बहादुर लामाले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । समाजले यो सहयोगले केही राहत मिल्ने विश्वास लिएको छ ।
आर्थिक सहयोग गर्ने सबैप्रति हामी आभार व्यक्त गर्दछौं । कोषाध्यक्ष सृजना श्रेष्ठ, सचिव किरण बुढाथोकी र अध्यक्ष लामाद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, सहयोगीहरुको नाम छुटेको भए क्षमायाचनासहित सच्याउने बताईएको छ ।
समाजले आर्थिक सहयोगसँगै सम्बन्धित निकायहरूको ध्यान आकर्षित गर्ने काममा पनि सक्रिय हुने सचिव बुढाथोकीले बताएका छन् । उनले न्यायको प्रक्रियालाई अघि बढाउन सहयोग पुर्याउने काममा पनि समाज लाग्ने बताए ।
समाजले भविष्यमा पनि एकता र सहकार्यको भावना कायम समाजका सदस्यहरु प्रति साथ एवम् सहयोग रहने जनाएको छ ।
यो सहयोग अभियानले माल्टामा रहेका नेपालीहरूको एकता, सहकार्य, र एक(अर्काप्रतिको सद्भावलाई उजागर गरेको भन्दै कोषाध्यक्ष श्रेष्ठले खुशी व्यक्त गरिन् । अध्यक्ष लामाले यस किसिमको सहयोग जारी रहने बताए ।




