पेडलर्स धरानको राइडमा देशभरबाट २०० भन्दा बढी साइक्लिस्टहरू सहभागी हुने
बुधवार, २९ श्रावण २०८२
धरान । धरानको धार्मिक तथा पर्यटकीयस्थलहरूको प्रवर्धन गर्ने उद्देश्यले शनिबार कोरा राइड साइक्लिङ च्यालेन्जको आयोजना गरिने भएको छ। पेडलर्स धरानले आयोजना गर्ने यस राइडमा देशभरबाट २०० भन्दा बढी साइक्लिस्टहरू सहभागी हुनेछन्।
आयोजक संस्थाका अध्यक्ष किशन मास्केका अनुसार, राइड बिहान भानुचोकबाट सुरु भई विभिन्न चेकपोइन्ट हुँदै धरान–१७ स्थित साकेला पार्कमा पुगेर समापन हुनेछ। ३२ किलोमिटर दूरीको यो राइडमा सहभागीमध्ये एक जनालाई लक्की ड्र मार्फत साइकल उपहार दिइनेछ।
च्यालेन्जको उद्घाटन धरानका निवर्तमान मेयर तिलक राई र प्रहरीका एसएसपी भीम दाहालले गर्नेछन् भने समापनमा उपमेयर अइन्द्रविक्रम बेघा प्रमुख अतिथि रहनेछन्।
