इटहरी, साउन १। तरहरा साइकलिङ क्लबको आयोजनामा आउँदो साउन ३ गते ‘तरहरा कोरा च्यालेञ्ज २०२५’ को चौंथो संस्करण आयोजना हुँदैछ। आज आयोजित पत्रकार सम्मेलन (प्रेस मिट) मा क्लबले करिब चार लाख रुपैयाँको अनुमानित बजेटमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ।
कार्यक्रम अन्तर्गत क्लबले बालबहुभाषिक विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण, विद्यालयमा रहेका कम्प्युटरहरूको मर्मतसम्भार, तथा जनसहयोग माध्यमिक विद्यालयका केही जेहेन्दार तर आर्थिक रुपमा कमजोर विद्यार्थीहरूलाई जनही १० हजारका दरले एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
त्यस्तै, क्लबले इटहरी उपमहानगरपालिका–१ स्थित टेङ्ग्राखोला किनारमा ‘छतविहीन’ कक्षामार्फत शहरका गरिब, दलित र सीमान्तकृत समुदायका ३२ जना बालबालिकालाई निःशुल्क शिक्षण प्रदान गरिरहेका शिक्षक चन्द्र भण्डारीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गर्ने तयारी गरेको छ।
क्लबका उपाध्यक्ष मिन कुमार खवासले ‘गोरखा खबर’सँग कुरा गर्दै भने, “समर्पित व्यक्तित्वहरूको सम्मान गर्दा उनीहरू मात्र होइन, सम्पूर्ण समाजलाई प्रेरणा मिल्ने हाम्रो विश्वास छ।”
कार्यक्रमका संयोजक सुरज तामाङ लामाले पत्रकार भेटघाटमा कार्यक्रमको बारेमा विस्तृत जानकारी दिँदै यस वर्षको कोरा खुला रूपमा सञ्चालन गरिने जानकारी गराए। उनले १३ वर्षमुनिका बालबालिकादेखि माथिका सबै उमेर समूहका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जनाए।
क्लबले ‘तरहरा कोरा च्यालेञ्ज’लाई खेल, स्वास्थ्य, सामाजिक उत्तरदायित्व र समाजप्रति समर्पणको संयोजनको रूपमा लिँदै आइरहेको छ।
कार्यक्रमको व्यवस्थापन अन्तिम चरणमा पुगेको क्लबले जनाएको छ।
क्लबले जारी गरेको विज्ञप्तीः
तरहरा कोरा २०२५
तारारा कोरा २५
मितिः २०८२ साल धावन ०३ गते शनिवार
स्थानः तरहरा चोक
समयः बिहान ६स्३० वा
आयोजकस् तारारा साइक्लिङ क्लब
ूयो र्याली होइन, दौड होइन, यो एउटा यस्तो सवारी हो जहाँ सबै जना विजेता हुन्छन्।ू
संक्षिप्त परिचय
तरहरा साइकलिङ क्लबद्वारा प्रत्येक वर्ष आयोजना गरिने तरहरा कोरा च्यारिटी राइड २० यसपालि पनि नयाँ जोश र उत्साहका साथ आयोजना गरिँदैछ। कोरा साइकल यात्रा मार्फत संकलन ग रकम समाजमा शिक्षा, स्वास्थ्य, र वातावरणमा योगदान पुऱ्याउने उद्देश्यले प्रयोग गरिँदै आएको छा
कोरा भनेको घडीको दिशामा गरिएको धार्मिक स्थलको परिक्रमा हो। केही धेरै मन्दिरहरू र ऐतिहा स्थलहरूको साथमा, यो कोरा आफैंमा यसको सान्दर्भिकता छ, तर सबैभन्दा महत्त्त्वपूर्ण कुरा यो क त्यो समय हो जब सबै साइकल प्रेमीहरू एकसाथ भेला हुन्छन् र कुनै विशेष कारणको लागि स गर्छन्। कोरा च्यालेन्ज नेपालमा तथा केहि नेपाल बाहिर विभिन्न स्थानहरूमा वार्षिक रूपमा आय हुने एउटा साइकल कार्यक्रम हो। यो ूकोराू को अवधारणाको वरिपरि घुम्छ, जसले परिक्रमालाई जन सामान्यतया धार्मिक स्थलहरूको वरिपरि घडीको दिशामा घुम्दै परिक्रमा गरइने यस साईकल रा बस्ति, गाउँ देखि सहरलाई साईकल संग जोड्दै एक उदेश्य प्राप्तिका लागि केन्द्रित हुन्छ।ा
मुख्य उद्देश्यः ूबालबालिकाको लागि शिक्षाका
श्री जनसहयोग उच्च मा। वि।मा अध्यनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक छात्रवृति गर्ने ।
सहभागीको संख्या बढेको छ
सहभागी उमेर वर्ग स् ६ वर्ष देखि ७२ वर्ष सम्म ।
पाल्नु हुने सहभागीको ठाउँः तरहरा, धरान, इटहरी, उदयपुर गाईघाट, बिर्तामोड, बिराटचोक दमक, बिराटनगर, इनरुवा आदि इत्यादि ।
प्रवन्धकः इटहरी उपमहानगरपालिका ।
मुख्य प्रायोजकस् ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी(इटहरी
क्गचबशश
तरहरा कोरा २०२५
तारहारा रोराको
सहयोगी संस्था एवं ब्रान्डहरूः रेड बुल, दिव्य जल, निम्मु पानी, बाली क्रिएशन, विकानो भुजिया, फुजिशान एड्रिलश स्कुल, शान्ति जनकल्याण सहकारी संस्था, लर्ड बुद्ध सहकारी संस्था, कामधेनु दुग्ध विकाश सहकारी संस्था, वाई वाई, सिटि एक्सप्रेस, लक्ष्मी बैंक, सुमेधा एजुकेशन प्रा लि। लायन्स क्लव अफ इटहरी इनोभेशन, किवानिश क्लब अफ तरहरा, तरहरा रन, हिस्सान सुनसरी, होटल व्यवसायी संघ इटहरी, मेची साइकल स्टोर, ःत्द्य ब्ल्क्ष्क्ज्, द्यक्ष्न् ःबकतभच, डडद्धड लगायत अन्य व्यक्तित्वहरु जस्तै भिशन राई, रितेश भण्डारी, श्याम बस्नेत र सद्दाम हुसेन ।
अन्य उद्देश्यहरूः
ग्रामीण क्षेत्रमा शिक्षा पहुँच वृद्धि ।
साइकलिङ संस्कृक्तिको प्रवर्द्धन ।
वातावरणमैत्री सवारीको प्रचार ।
स्वयंसेवक संस्थाः नेपाल रेडक्रस सोसाइटी इटहरी, मार्निंग फुटसल, तरहरा सुभस्वास्थ सामुदायिक प्रा। लि।, किवानिस क्लब अफ तरहरा, तरहरा रन, इटहरी जेसीज, स्काउट, लायन्स क्लब अफ तरहरा, ॐ डान्स सेन्टर ।
सिनियर कोरास् २२।५ किमी
तरहरा चोक, शिव मन्दिर पुरानो चौकी, थ्ःऋ टोल, श्री जनासहयोग मा। वि। हुँदै महुलिया, जब्दी, कोरियन चोक, सैनिक चोक चौतारी चोक, बुद्ध चोक हिम शिखर स्कुल, सुन्दर टोल, तरहरा राजमार्ग, बरगाछी, आँपगाछी, हलगडा, इटहरी चोक, ट्राफिक चोक ९पश्चिम लाइन०, लायन्स भवन ९खाजा वितरण०, लाबिपुर, पकली, पटेरुवा चोक, आमाह, भवानीपुर, पृधीवि चोक, समादायिक वन, बहुभाषी विद्यालय ।
किड्स कोरास् ११।५ किमी
तरहरा चोक, शिव मन्दिर पुरानो चौकी, थ्ःऋ टोल, श्री जनासहयोग मा। वि। हुँदै जब्दी मा वि।, हाँसपोसा गाविस, मझौरा, मौलिया, आमाह, भवानीपुर, फुजिशान स्कुल ९खाजा वितरण०, भवानीपुर, पृथीवि चोक, समादायिक वन, बहुभाषी विद्यालय ।
CLUE
प्रावधानस् टिस्र्ट, पदक, प्रमाणपत्र, स्कार्फ, खाना, पानी, पिउने सामान, मोही, खाजा, कुनै भाग्यमानी व्यक्तिले पानीको बोतल र साइकल ल्याएको थियो।
कार्यक्रम समापन स्थलः वहुभाषि आधारभूत विद्यालय ।
आउनुहोस्, सँगै सवारी गरौं, र सँगै फरक पारौं। तरहरा कोरा २०२५ एउटा सवारी मात्र होइन ( यो पाङ्गामा क्रान्ति हो। तपाईंको उपस्थिति र निरन्तर सहयोगको लागि फेरि एक पटक धन्यवाद ।
