उपमहानगरपालिकाको कदमले शिक्षकशिक्षिकालाई खुशी
(आर्काइभबाट)
उपमहानगरले निजी बिद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकगणको नियुक्ती पत्र,अध्यापन अनुमति पत्र, प्रअ नियुक्तिको पत्र र शैक्षिक योग्यताको विवरण माग गरेको हो। निजी स्कुलहरुले आफ्नो स्कुलमा कार्यरत शिक्षकलाई नियुक्ती पत्र नदिएको, सरकारले तोकेको पारिश्रमिक नदिएको गुनासो बढेको भन्दै उपमहानगरले परिपत्र गरेको हो।
इटहरी/ इटहरी उप–महानगरपालिकाले इटहरीका निजी बिद्यालयलाई थप ब्यबस्थित गर्दै लाने भएको छ। निजी बिद्यालयमा कार्यरत शिक्षकगणको शैक्षिक बिबरण, नियुक्ती पत्रलगायतका कागजात ७दिन भित्र बुझाउन पत्राचार गरिएको हो।
शिक्षा युवा तथा खेलकुद शाखाले ७ दिन भित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको हो ।
शिक्षक र शिक्षिकालाई अनिवार्य सरकारले तोकेको मापदण्ड अनुसार तलब दिनुपर्ने र बुझाएको विवरण समेत माग गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख द्रोर्ण प्रसाद दाहालले बताउनुभयो।
उहाँले प्रअको नियुक्ति पत्र देखि कर्मचारी तथा तहगत शिक्षकको पारिश्रमिक विवरण समेत माग गरिएको बताउनुभयो।

