(आर्काइभबाट)
इटहरी । राजनीतिक रुपमा संघर्षपूर्ण यात्रा गरेका यस उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल पूर्वको व्यापारीक केन्द्रका प्रमुख भईसकेपछि राजनीतिक रुपमा पूर्वाग्रही राखेर केही मिडिया तथा सामाजिक संजाल (विशेषतः फेशबुक) मार्फत यिनलाई “असफल” देखाउन नियोजित रुपमा तम्सिएकाहरुका लागि मेयर पौडेलले उनीहरुलाई गतिलो “झापड” दिएका छन् । मेयर पौडेलको यो एक्शनले रन्थनिएका पूर्वाग्रहीहरु यतिबेला नराम्रोसँग “थचकिएका” छन् । गोर्खा खबरको एक रिर्पोट :
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल अघिल्लो वा अन्यत्रका मेयर जस्तै हल्लाखल्ला, भिडभाड र भाइरलबाजीमा नउत्रिएपछि पूर्वाग्रहीहरुले केही मिडिया र सामाजिक संजालको प्रयोग गरेर केही समयाता निरन्तर रुपमा उनको उछिटो काट्न तम्सिएका थिए । पछिल्लोपटक विराटनगर–धरान सडक खण्ड अन्तर्गत हिम धुङ् थोकर एण्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का लिएको तरहरादेखि धरानको सेउतीसम्मकव् सडक निर्माण सुस्तीलाई लिएर पौडेलमाथि सामाजिक संजालमा निरन्तर “असफलता”को ट्याग झुण्ड्याउन प्रयात्न गरे ।
किन्तु, सडक निर्माणको काम सुस्त बनाएको भन्दै पौडेलले ठेकेदारको गाडी नै नियन्त्रणमा लिएर तिनदिनभित्र उपमहानगरपालिकासँग बाँकी रहेको ५.३ किलोमिटर सडक निर्माण तुरुन्तै गरिदिने लिखित सम्झौंता गर्न ताकेता गरेपछि तरहरादेखि धरानको सेउतीसम्मकव् सडक निर्माण सुस्त गर्ने हिम धुङ् थोकर एण्ड प्यासिफिक जेभी कम्पनी र उसको ठेकेदार बल्ल लाइनमा आएका छन् भने मेयर पौडेलमाथि राजनीतिक रुपमा पूर्वाग्रही राखेर नियोजित तरिकाले सामाजिक संजालमा लेख्नेहरुको मुखमा ताला लागेको, नगरमा चर्चा छ ।
मेयर पौडेलले उपमहानगर प्रमुखका रुपमा पटकपटक सडक निमार्णमा ढिलाई भएको, जनता मारमा परेका र जनगुनासो बढेकोले काम यथासिघ्र सक्न आग्रह गरेता पनि निमार्ण कंम्पनीले आफ्नो जिम्मेवारी पुरा गरिरहेका थिएन् । पटक पटक निर्माण कम्पनीलाईं उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदा समेत निमार्ण काममा ढिलाई गरि अटेर गरेपछि भने उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
“स्थानीय सरकारले तर्फबाट हदैसम्म लचकता अपनाएर चाँडो काम सक्न आग्रह गर्दा पनि सुनुवाइ नभएपछि अब ठेकेदार कम्पनीलाईं लिखित प्रतिबद्धता जनाउन समय सीमा दिइएको छ,” मेयर पौडेलले गाडी नियन्त्रण लिएको बारे स्पष्ट पारे, “यदि तोकिएको समयमा पनि प्रतिबद्धता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाव दिन्छौं ।”
मेयर पौडेलको यो एक्शनको सर्वत्र प्रशंसा भएको छ । यो एक्शनमा मेयर पौडेलसँग वडा नं. २० का वडा सदस्य बहादुर तामाङ समेत थिए ।
