वाईसि समाजद्धारा सिसिटिभी क्यामेरा जडान
(आर्काइभबाट)
आपराधिक गतिविधि निगरानी र नियन्त्रण हुने विश्वास
तरहरा । समाजमा हुने अपराधिक गतिविधि कम गर्न वाईसि समाजले वाईसि टोलभरि जम्मा ६ वटा सिसिटिभि क्यामरा जडान गरेको छ । अपराधिक गतिविधिबाट वाईसी टोललाई सुरक्षित राख्न सिसिटिभी क्यामेराले निगरानी गर्ने अभियान स्वारुप यसको शुरुवात भएको वाईसि समाजले जनाएको छ ।
वाईसि टोलका विभिन्न स्थानमा ६ थान सिसिटिभी क्यामेरा जडान गर्ने काम आईतबार भएको छ ।, अभियानको उद्घाटन शनिबार गरेर आईतबार क्यामरा जोडेका वाईसि समाजका अध्यक्ष भिषन राईले मोबाईल सम्पर्कमा सोल्टी टिभीसँग भने, आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान गरिएको हो । र, यो अभियानले निरन्तरता पाउछ ।
अभियानको पहिलो दिन शनिबार तार टाँगेर उदघाट्न गरिएको थियो भने आईतबार सिसिटिभी क्यामेरा जडान गरिएको हो । समाजले आगामी एक वर्ष भित्र सिसिटिभी क्यामेरा युक्त वाईसि टोल बनाउने अभियान थाल्ने घोषणा गरेको छ ।
सिसिटिभी क्यामेरा जडान पश्चात टोलमा हुने गरेका अपराधिक एवम् अनैतिक गतिविधिमा कमी आउने अपेक्षा गरिएको समाजका सल्लाहकार सुखदेब राईले बताए ।
