जनता वेकुफ बनाउदै नेता: बागमती प्रदेश सभा सदस्य
(आर्काइभबाट)
भरतपुर (चितवन) । बागमती प्रदेश सभा सदस्य रीना गुरुङले हाल नेताहरुले जनतालाई वेकुफ बनाउने काम मात्र गरेको बताएकी छिन् । आज (सोमबार) भरतपुरमा सम्पन्न तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपाल चितवान जिल्ला शाखाको प्रथम अधिवेशनमा बोल्दै नेतृ गुरुङले तर, आफु जनताका पक्षमा रहेको र जनताका निम्ति हरदम काम गर्ने दाबी गरिन् ।
अधिवेशनकी प्रमुख अतिथि समेत रहेकी प्रदेश सभा सदस्य गुरुङले सोही कार्यक्रमका अतिथि समेत रहेका तमू (गुरूङ) सञ्चारकर्मी संघ नेपालका केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीका अध्यक्ष नवीन गुरुङले तमू गुरुङले पहिचान, संघीयता र धर्म निरपेक्षको विषयमा बोल्दै आफ्नो तमु (गुरूङ) समुदायबाट सभासदका रुपमा उनलाई पाउदाँ गर्व लागे पनि पहिचान, संघियता र धर्म निरपेक्षलाई स्वीकार नगर्ने राजनीतिक दलबाट भएकीले उनलाई पहिचान र संघीयताको बाटोमा आउन आग्रह गरेका थिए ।
तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सह-सहमहामन्त्री समेत रहेकी उनले भने संघीयता राजनीतिक दलका नेतालाई व्यवस्थापन गर्नका लागि ल्याईएको दाबी गर्नुभयो ।

तुलमान गुरुङको नेतृत्वमा चितवनमा तमू (गुरुङ) पत्रकार संघ गठन
भरतपुर । तुलमान गुरुङको नेतृत्वमा आज (सोमबार) भरतपुरमा तमू (गुरुङ) पत्रकार संघ गठन भएको छ । चित्र (सोल्टी) गुरुङको नेतृत्वमा २०७१ सालमै तदर्थ समिति गठन भए पनि विविध कठिनाईको पश्चात लामो समयपछि पहिलो कार्य समिति गठन भएको हो ।
कार्य समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः हीरालाल गुरुङ, राजनदिल गुरुङ, गीता गुरुङ र बलबहादुर गुरुङ (नेत्र) सर्वसम्मतत निर्वाचित भएका छन् । त्यस्तै कार्य समिति सदस्यहरुमा घना गुरुङ, कमला गुरुङ, ममता गुरुङ र करिष्मा गुरुङलाई निर्वाचित भएका छन् ।
अधिवेशनमा प्रमुख अतिथि समेत रहेकी बागमती प्रदेश सभा सदस्य रीना गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघका केन्द्रीय अध्यक्ष रवीन गुरुङ लगायतका अतिथिहरुले नयाँ कार्य समितिलाई बधाई तथा कार्य सफलताको लागि शुभकामना व्यक्त गरे ।
