तरहरा जेसिजको ककस
(आर्काइभबाट)
केही समय विवाद भए पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
तरहरा । तरहरा जेसिजको आयोजनामा इटहरी उपमहानगरपालिका वडा नंम्वर २० का तिन राजनीतिक दलका उम्मेदवारहरुबिच ककस कार्यक्रम सम्पन्न भएको छ । केही समय विवाद भए पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष तथा सोही पदका लागि नेपाली कांग्रेसका उम्मेदवार मणिराम श्रेष्ठ, एमालेका राजकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दिप बहादुर पुरी र वडा सदस्यका केही उम्मेदवारहरु सहभागि थिए ।
औपचारिक निम्तो नभएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का तर्फबाट वडा अध्यक्ष उम्मेदवार बलराम गुरूङ (राजीब) कार्यक्रममा नगएको, उनले जनकारी गराए ।
अर्का स्वतन्त्र उम्मेदवार विमेश गिरी पनि ककस कार्यक्रममा देखिएनन् ।
स्थानीय तहको निर्वाचनमा सम्बन्धित दलबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएपछि उनीहरुका चुनावी कार्य योजना बारे दिईएको १३ मिनेट समयमा उनीहरुले आ आफ्ना योजनाहरु सुनाए । कार्यक्रममा उपस्थीत वडावासीहरुले उनीहरुसँग प्रश्न, जिज्ञासा राख्दै केहीले सुझाब समेत दिएका थिए ।
कार्यक्रम अन्ततः सौहर्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै सहभागि सबैलाई तरहरा जेसिजका अध्यक्ष उमेश राईले धन्यवाद व्यक्त गरे ।
