बीपी कोइराला स्मृति दिवसमा आज इटहरीमा हाजिरीजवाफ प्रतियोगिता

0
congress bp itahari prgrm-min opti

इटहरी । गोर्खा खबर नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको आयोजनामा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता गरिने भएको छ।

कार्यवाहक सभापति कोबिदजङ्ग कार्कीका अनुसार, कार्यक्रम आज बिहान ११:०० बजे, इटहरी उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ।

उनले बीपी कोइरालाको योगदानलाई स्मरण गर्न र प्रतियोगितालाई सफल बनाउन सबैमा निमन्त्रणा गरेका छन् । बीपी कोइराला नेपाली कांग्रेसका संस्थापक नेता तथा बहुदलीय प्रजातन्त्रका प्रबल पक्षधर थिए।

उनले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र राष्ट्रिय एकताको पक्षमा समर्पित रहेर जीवनभर संघर्ष गरे। सन् १९५९ मा नेपालको पहिलो आमनिर्वाचनमार्फत जननिर्वाचित प्रधानमन्त्री बनेका बीपी कोइरालाले देशमा लोकतान्त्रिक अभ्यासको थालनी गरे।

यद्यपि उनको सरकारलाई त्यसबेला सैनिक तख्तापलटमार्फत अपदस्थ गरिएको थियो। बीपी कोइरालाको स्मृति दिवसमा आयोजित यस कार्यक्रमले आजका विद्यार्थी पुस्तालाई लोकतन्त्र, राजनीति र समकालीन इतिहासप्रतिको ज्ञान अभिवृद्धिमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रमका लागि नेपाल विद्यार्थी संघ, सुनसरीले सहयोग रहेको, जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *