“यो कुनै सामान्य सांस्कृतिक फिल्म होइन, यो विश्वास, अन्धविश्वास र आन्तरिक द्वन्द्वको कथा हो।”
इटहरी, गोर्खा खबर – याक्थुङ समुदायको विश्वास पद्धतिलाई कथावस्तुमा उतारिएको नेपाली चलचित्र ‘मुन्धुम’ को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्देशक प्रकाश सुब्बाका अनुसार अहिले केवल एआई एनिमेसन सम्बन्धी थोरै काम मात्रै बाँकी रहेको छ।
सुब्बाले गोर्खा खबरसँग दाबी गर्दै आफ्नो चलचित्र नेपालकै पहिलो फ्यान्टासी चलचित्र हुनेछ भने । उनले चलचित्रले याक्थुङ -लिम्बु_ समुदायको मौलिक विश्वास, सांस्कृतिक दर्शन र अध्यात्मिक अवधारणाहरूलाई कथावस्तुमा उतारेको दाबी गरेका छन् ।
“यो कुनै सामान्य सांस्कृतिक फिल्म होइन, यो विश्वास, अन्धविश्वास र आन्तरिक द्वन्द्वको कथा हो।”, उनको दाबी छ, चलचित्रले दर्शकहरूलाई नयाँ र मौलिक फ्यान्टासी अनुभव दिनेछ, जसले सांस्कृतिक पहिचान, विश्वास र जीवनदर्शनमा गहिरो प्रश्न उठाउनेछ।
आज इटहरी ३ स्थित तलतलैया क्षेत्रमा चलचित्रको सुरुवाती दृश्य खिचिएको थियो, जहाँ मुख्य पात्र पूर्ण लिम्बु सन्बा र हेम दिलुङ्छा राई देखिएका थिए।
दिलुङ्छा विशेष रूपमा हङकङबाट चलचित्रको छायांकनका लागि नेपाल आएका हुन् । निर्देशक सुब्बाका अनुसार, दिलुङ्छा चलचित्रमा एक सैन्य अधिकृतको भूमिकामा देखिन्छन् ।
दिलुङ्छाले निर्देशक सुब्बासँग काम गर्न पाउदाँ खुशी लागेको बताए । उहाँ एक पोक्त डाईरेक्टर हुनुहुन्छ । दिलुङ्छाको भनाई थियो ।
निर्देशक प्रकाश सुब्बाले ‘मुन्धुम’ लाई आफ्नो सबैभन्दा बहुप्रतिक्षित र विशेष प्रोजेक्ट मानेका छन्। उनले दर्शकहरूलाई यसबाट नयाँ अनुभव र गहिरो सन्देश प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।