गायिका तृतीयको नयाँ सलेजो गीत, “चौबन्दी चोली” (भिडियो पनि)

0
music news

काठमाडौं । बहुमुखी एवम् प्रतिभाशाली गायिका तथा युट्यूब भ्लगर तृतीय गुरुङ नेपाल आइडल विजेत गायक भुपेन्द्र थापा मगरसहित नयाँ गीत “चौबन्दी चोली…” लिएर आएकी छिन् । तृतीय आफै गीत रच्ने र संगीत गर्ने पनि गर्छिन् ।

नेपालको पश्चिमी क्षेत्रको संस्कृति झल्काएको सलेजो गीतको भिडियो पनि तयार भई उनकै अफिसियल युट्यूब च्यानल तृतीय गुरुङबाट अपलोड र प्रसारण गरिसकेकी छिन् । देव पुनको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाएको छ ।

गीतकार तथा संगीतकार पुनले नै छाँयांकन र निर्देशन गरेको भिडियोमा मिनुज रानामगर, पिया गुरुङ, विक्रम लामा र मल्लिका गुरुङ फिचरड छन् । एलबी पुनको संगीत संयोजन रहेको गीत मालिका रेकर्डिङ स्टुडियोमा हेमराज डाँगीले रेकर्डिङ र समित परियारले मिक्सिङ गरेका हुन् । गीतमा सिता राईको कोरियोग्राफी, सरोज पाण्डेको मेकअप, सुजन कोइरालाको सम्पादन छ ।

गायिका तृतीयको यो साझै रमाईलो, चर्चित गायक राजेश पायल राईसँगको नजर पल्कियो जस्ता यसअघिका गीत र म्युजिक भिडियोहरु चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *