चलचित्र हाँङनान्द हाउसफूल, दर्शक र समिक्षाबाट पाए यस्तो प्रतिक्रिया !

0
hANGNANDA

(आर्काइभबाट)

धरान । नेपाली मौलिक कथावस्तुमा निर्मित लिम्बू समुदायको कथामा आधारित नेपाली चलचित्र हाँङनान्दको बिहिबार धरानमा भएको विशेष प्रर्दशनीमा फ्रेन्ड्स सिनेमाज बराह कम्प्लेक्सको सिट क्षमताभन्दा बढी दर्शकहरु भएपछि चलचित्र पक्षलाई शो बढाउनका लागि माग भएको छ । उता, चलचित्र हेरिसकेपछि हेर्दाहेर्दै चलचित्र सकिएको भन्दै चलचित्रको कथा र प्रस्तुतीमा अतृप्त दर्शकले हाँङनान्दको दोस्रो सिरिजको पनि अपेक्षा गरेका छन् ।

निर्मात्री धन कुमारी लिम्बु रहेको चलचित्र हाँङनान्दको विशेष शोमा धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेगा लिम्बुले प्रमुखअतिथिको आसनग्रहण गर्दै साँस्कृति र संस्कारमा आधारित चलचित्र हाँङनान्द ऐतिहासिक हुने र भावी पुस्तालाई चलचित्रले लिम्बु संस्कृति र संस्कार बारे खोज तथा अनुसन्धानमा संघाउने बताए ।

उनले चलचित्र हाँङनान्दका कलाकारहरुलाई कदर तथा सम्मान पत्र प्रदान गरेका थिए । कलाकार उदय सुब्बा कुरुमबाङ सोसियल मिडिया पपुलर अवार्ड जित्न सफल भए भने नुमा नियोङ लिम्बुले धेरै शेयर भएकोमा सोसियल मिडिया अवार्ड हात पािरन् ।

निर्देशक विजय संयोक सुब्बाले चलचित्र निर्माणको उद्देश्य बारे प्रकाश पार्दे पहिचानका लागि कला मार्फत एक किसिमको आन्दोलन गरिएको बताए ।

उनले चलचित्रले लिम्बु जातीको आफ्नै संस्कार संस्कृति भएको विषयमा नव पिढिहरुलाई बुझाउन सफल हुनेमा आफु आशावादी रहेको बताए ।

लिम्बु मुन्धुमको मिथकमा आधारित छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्वश्रेष्ठ फिचर फिल्ममा मनोनित भएको चलचित्रको शिर्ष गीत पैयु फुल्योको वल्र्ड रिलिज भएसँगै धरानमा गरिएको प्रिमियरमा दर्शकको घुईचो लागेपछि थप शोका लागि माग भएकोमा अब इटहरी हुदै देशका विभिन्न स्थान दमक (झापा), केराबारी, धनकुटा, पाँचथरमा, ताप्लेजुङ र तेह्रथुममा पनि यथाशिघ्र प्रर्दशन हुने निर्देशक सुब्बाले सोल्टी टिभीलाई बताए ।

को धरानमा समिक्षक, बुद्धिजीवी, पत्रकार तथा सामाजिक नेतृत्वबाट पनि राम्रो प्रतिक्रिया आएको सुब्बाले बताए । चलचित्रकर्मी महासंघका प्रदेश १ का अध्यक्ष एवम् ख्यातिप्राप्त निर्देशक अरुण प्रधानले चलचित्रले लिम्बु समुदायका मात्र नभई आम दर्शकको मन जित्न सफल भएको, बताए ।

चलचित्र पत्रकार महासंघ, सुनसरीका अध्यक्ष बिनोद विश्वकर्माले समेत चलचित्रको प्रशंसा गरे । आम दर्शकहरुबाट पनि चलचित्रले राम्रौं प्रशंसा पाएको छ ।

एक्शन नायक हेमन्तकृष्ण पंधाकले हङ्गकङ्गबाट सोल्टी टिभीसँग कुरा गर्दै शोको अपार सफलताले आफुलाई सन्तुष्ठी मिलेको प्रतिक्रिया दिए ।

उनले धरानमा चलचित्र हेर्न उपस्थीत सबै दर्शक एवम् शुभचिन्तकहरु प्रति आभार प्रकट गरे । साथै, सहयोगी सबै प्रति विशेष धन्यवाद दिए ।

“हाम्रो चलचित्र हाङ्गनान्द प्रति दर्शकहरुले देखाउनुभएको यो प्रेम प्रति हामी आभार प्रकट गर्न चाहान्छौं ।”, चलचित्रका कथा लेखक समेत रहेका हाङ्गनान्द नायक हेमन्तकृष्ण पंधाकले हङ्गकङ्गबाट भने, “यो शोलाई सफल बनाउन दिनरात खट्नुहुने निर्देशक, आयोजक, सहयोगी व्यक्तित्व, संघसंस्था, शुभेच्छुक एवम् मिडियाकर्मीहरुमा पनि विशेष धन्यवाद व्यक्त गर्न चाहान्छु ।”

सामाजिक व्यक्तित्व एवम् कुशल अभिनय कला भएका नायक, लेखक एवम् निर्माता हेमन्तकृष्ण पंधाक लिम्बुले कर्मथलोमा भने यो चलचित्र अंग्रेजी मिति Sept सेप्टेम्बर १० मा Henry G. Leong you Ma Tei Community Centre हंङकंङमा प्रर्दशन हुने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *