इटहरी, संगीतचोकको सोसल क्याफेमा यो शुक्रबार “ल्यन्ते एण्ड टोर्टोइज”को प्रस्तुतीमा “अमित जंग एण्ड गोर्खे”

0
social cafe concert

ल्यन्ते एण्ड टोर्टोइजका अनुसार यो एक विशेष प्रयोगात्मक र छोटो सीमित सांगीतिक प्रस्तुति रहनेछ, जसको सफलतासँगै आगामी दिनहरूमा अझ ठूला र भव्य कार्यक्रमहरू आयोजना गर्ने योजना बुनिएको छ ।

एन.जी. लामा । इटहरी

इटहरीको संगीत चोकस्थित हिमालय मार्गमा रहेको प्रख्यात सोसल क्याफेमा ल्यन्ते एण्ड टोर्टोइजको प्रस्तुतिमा यो शुक्रकार (जुन १२ तारिख, २०२६) एक विशेष सांगीतिक कार्यक्रम आयोजना हुन गइरहेको छ । प्रख्यात प्रोग्रेसिभ फोक ब्याण्ड “अमित जंग एण्ड गोर्खे”ले आफ्नो पूर्वाञ्चल टुरको सिलसिलामा यहाँ पहिलो ऐतिहासिक प्रत्यक्ष सांगीतिक प्रस्तुति दिन गईरहेको हो ।

सांगीतिक साँझलाई विशेष बनाउन ब्याण्डले आफ्नो बहुप्रतीक्षित पहिलो एल्बम “मेरो देशको कथा”का मिठा गीतहरु सुनाउनेदेखि अन्य सांगीतिक सिर्जनाहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने, ईभेन्ट प्रस्तोता ल्यन्ते एण्ड कछुवाले जनाएको छ ।

साँझ बेलुकी ६ बजेदेखि सिमित आमन्त्रित एवम् टिकट खरिद गरेका दर्शकाका लागि सुरु हुने यस कार्यक्रमको शुरुवात स्थानीय कलाकार विपिनको प्रस्तुतिबाट हुनेछ ।

ल्यन्ते एण्ड टोर्टोइजका अनुसार यो एक विशेष प्रयोगात्मक र छोटो सीमित सांगीतिक प्रस्तुति रहनेछ, जसको सफलतासँगै आगामी दिनहरूमा अझ ठूला र भव्य कार्यक्रमहरू आयोजना गर्ने योजना बुनिएको छ ।

सन् २०१६ देखि कनेक्टिङ द डट्सको मूल नाराका साथ सञ्चालनमा आएको सोसल क्याफेले कार्यक्रमका लागि पूर्णरुपमा सहयोग गरेको छ ।

यो रेस्टुरेन्ट मात्र नभएर इटहरीको प्रतिष्ठित युवाहरुका लागि विचार बहस छलफल श्रृजना प्रयोग केन्द्र र समुदाय र संस्कृतिको संगमस्थल भएकोले यस किसिमका कार्यक्रमका लागि सहयोग भएको, क्याफेका संचालक समेत रहनुभएका सामाजिक उद्यमी एवम् लोकतन्त्रवादी युवा नेता रञ्जन ओझाले जानकारी गराउनु भयो ।

ओझाको अनुसार, क्याफेमा सधैँ नयाँ सोच र सिर्जनशीलताको विजारोपण हुने र त्यसको एक फल यो कार्यक्रम हो ।

प्रखर राजनीतिक व्यक्तित्व, सफल उद्यमी, उत्प्रेरक वक्ता तथा कफी संवाहक एवं संगीतकर्मी समेत रहनुभएका ओझाले खुसी व्यक्त गर्दै थप भन्नुभयो, सुन्दरपुरमा हुर्किएका हाम्रै भाइभतिज उदयिमान संगीतकर्मी अमित जंग शाही र उनको समूहबाट हाम्रो समाजको कथालाई संगीत मार्फत अनुभव गर्ने यो एक अवसर हो । त्यसैले सबैजना उपस्थित भई उनीहरूलाई हौसला बढाउन र समर्थन गरिदिन पनि हार्दिक अपिल गर्दछु।

सोसल क्याफे इटहरीमा ताजा कफी, उत्कृष्ट केक तथा बेक्स, छानिएका पुस्तकहरूको संग्रह, शान्त बगैँचा र सह(कार्यस्थलका लागि प्रसिद्ध छ ।

विगतमा पनि थुप्रै सफल र उत्कृष्ट कार्यक्रमहरू सम्पन्न गरिसकेको प्रतिष्ठित इभेन्ट व्यवस्थापन कम्पनी डाइनामिक इभेन्ट्सले यस कार्यक्रमको समन्वय गरिरहेको छ भने नेपाल म्युजिक फेस्टिभलले यसलाई सहयोग गरेको छ।

कार्यक्रम स्थलको सीमित क्षमताका कारण सिट बुकिङहरू सीमित मात्रामा मात्र उपलब्ध गराइएको, आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *