देशकै सर्वाधिक धनराशिको साहित्यिक महाकुम्भ तरहरामा, दोस्रो तरहरा राष्ट्रव्यापी कविताका दश छनौंट

0
Kabita

संयोजक घिमिरेका अनुसार, छनौट चरणबाट देशभरका १० उत्कृष्ट कविहरूको नामावली सार्वजनिक गरिएको छ ।

तरहरा । सिट्टी अफ ईन्टरटेनमेन्ट सुनसरीको तरहरामा दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगिता (२०८३ को तयारी पूरा भएको छ । श्री जनसहयोग २०५० समूहद्वारा आयोजित यो प्रतियोगिता देशकै सबैभन्दा बढी पुरस्कार राशि भएको कविता प्रतियोगिता हो, जुन तरहरामा दोस्रो पटक आयोजना हुँदैछ । विश्वमा स्वादिलो सेकुवाका लागि प्रसिद्ध तरहरामा तरहरा रन, तरहरा उत्सवपछि सर्वाधिक धनराशिको यो अर्को कार्यक्रम हो ।

विभिन्न पेसा र व्यवसायमा आबद्ध समूहका सदस्यहरूले आफ्नै व्यक्तिगत लगानी र कोषबाट गर्ने यो भव्य कार्यक्रम पहिलो संस्करणको ऐतिहासिक सफलतापछि दोस्रो पटक गर्न लागिएको हो । समूहका अध्यक्ष सन्तोष श्रेष्ठले भने दोस्रो संस्करणका लागि पूर्ण रूपमा तयार रहेका छन् ।

उनका अनुसार यस पटकको प्रतियोगितालाई पनि विगतको जस्तै ऐतिहासिक र भव्य बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले प्रतियोगिताको सम्पूर्ण पूर्वतयारी सम्पन्न भइसकेको जानकारी दिए ।

उनका अनुसार, दश उत्कृष्ठ कविता समेत छनौंट गरिसकिएको छ । संयोजक घिमिरेका अनुसार, छनौट चरणबाट देशभरका १० उत्कृष्ट कविहरूको नामावली सार्वजनिक गरिएको छ । अनिल सुवेदी (धनकुटा), ऋजन मायालु (इलाम), कल्पना मरासिनी (अर्घाखाँची), टिकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा(, प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर), विशाल कुमार शाह (मोरङ), सवि मेवाहाङ्ग (सुनसरी), र सुवास सजल (मकवानपुर) रहेका छन् ।

सेकुवाको स्वादका लागि प्रख्यात तरहरा पछिल्लो समय तरहरा रन र तरहरा उत्सव जस्ता ठूला कार्यक्रमहरूका कारण जीवन्त इभेन्टहरूको केन्द्रका रूपमा चिनिन थालेको छ । यसअघि आयोजित तरहरा उत्सवमा धरान रनलाई १ लाख लाख नगद, पौरखी महिलालाई २५ हजार, पौरखी नारीलाई एक थान साइकल र अन्य विभिन्न विधामा २ लाख रुपैयाँभन्दा बढीको नगद पुरस्कार वितरण गरिएको थियो ।

हाल तरहरामा देशकै सर्वाधिक पुरस्कार राशि भएका आधा दर्जनभन्दा बढी कार्यक्रमहरू सञ्चालन हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *