हङकङ — गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको १०औं अधिवेशनबाट अनु राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।
दुई कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल महिला संयोजकको अनुभव भएकी राईले अब अध्यक्षको जिम्मेवारी सम्हाल्नेछिन्। उपाध्यक्षमा सन्तोष कुमार गुरुङ र कविता गुरुङ चयन भएका छन् भने महासचिवमा इन्द्र पुन, सचिव विश्वनाथ घिसिङ, कोषाध्यक्ष अर्जुन गौचन, महिला संयोजक सत्यवती गहतराज, र युवा संयोजक मनोज गौतम चयन भएका छन्।
आइसिसी सदस्यमा दिल्लीराज विश्वकर्मा र सदस्यमा डुबहादुर गुरुङ चयन भएका छन्। बाँकी पदहरू निर्वाचित कार्यसमितिबाट छिट्टै भरिने जनाइएको छ।
कार्यक्रममा हङकङ–मकाउका लागि महावाणिज्यदूत विन्देश्वर प्रसाद लेखक प्रमुख अतिथि थिए भने एनआरएनए सचिव राधिका (टीका) गुरुङले सुपरीवेक्षकको भूमिका निर्वाह गरेकी थिइन्। उनले सहमतिमा आधारित नेतृत्व चयनले सकारात्मक सन्देश दिएको बताइन्।
फोटो स्रोत: ZAP फोटो स्टुडियो, हङकङ
