मनकुमारी र अम्बर काजी खड्का पनि बेपत्ता
चीनतर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण रसुवा जिल्लामा व्यापक धनजनको क्षति भएको छ। यसै क्रममा मानसरोवर यात्राका क्रममा चीन सीमा नजिकैको रसुवा अध्यागमन कार्यालय क्षेत्रबाट सम्पर्कविहीन हुनुभएका सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २० तरहराका ६१ वर्षीया मनकुमारी खड्का र ६२ वर्षीय अम्बर काजी खड्का तथा सोही क्षेत्रमा कार्यरत नेपाली सेनाका जवान तरहरा निवासी प्रभाकर दंगालसमेत बेपत्ता हुनुभएको छ।
अकस्मात् आएको बाढीले टिमुरे र स्याफ्रुबेसी लगायतका क्षेत्रमा ठूलो तबाही मच्चაएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिए तापनि बाटो र पुलहरू पूर्ण रूपमा ध्वस्त भएका कारण खोजी तथा उद्धार कार्य अत्यन्त जटिल बन्न पुगेको छ।
खड्का परिवारजन तथा प्रभाकर दंगालका आफन्तहरू अहिले गहिरो चिन्तामा हुनुहुन्छ।
उहाँहरूको अवस्था वा बाढी प्रभावित क्षेत्रमा उहाँहरूबारे कुनै पनि किसिमको जानकारी प्राप्त भएमा नजिकैको सुरक्षा निकाय वा तलका ठेगानाहरूमा तुरुन्त सम्पर्क गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गरिएको छ:
९८४२०३५०७७ — वडा अध्यक्ष मणिराम श्रेष्ठ
९८५२०६६३४५ — वडा सदस्य टानुज गुरुङ
९८५२०५५०७६ — वडा सदस्य बहादुर तामाङ
९८४२०३६४५२ — वडा सदस्य धर्मदेवी गिरी
९८५२०५९०३३ — तरहरा प्रहरी चौकी
बेपत्ता रहनुभएका सबैको खोजीकार्यमा सहयोग पुगोस्लगायत मानवीय सहकार्यका लागि यो सूचनालाई सकेसम्म धेरैमाझ शेयर गरिदिनुहुन विनम्र अनुरोध छ।
