इटहरीमा आदिवासी जनजाति महिलाका लागि दुई दिने अचार बनाउने तालिम सुरु
इटहरी । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, प्रदेश कार्यसमिति, प्रदेश नं. १ को आयोजनामा इटहरी–५ स्थित सुम्निमा भवनमा आदिवासी जनजाति महिलाहरूका लागि दुई दिने अचार बनाउने तालिम सुरु भएको छ।
महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गर्दै स्वरोजगार, उद्यमशीलता र आर्थिक आत्मनिर्भरतातर्फ उन्मुख गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा संगीता राईले प्रशिक्षकको भूमिका निर्वाह गरिरहेकी छन्।
तालिममा सहभागी महिलाहरूलाई उत्पादनको गुणस्तर, प्याकेजिङ, बजार व्यवस्थापन तथा डिजिटल प्रविधिको उपयोगबारे समेत जानकारी दिइने कार्यक्रम रहेको छ। यसै क्रममा नबिन गुरुङ (गुरुङ सोल्टी) ले एआईको प्रयोगमार्फत बजार प्रवर्द्धन तथा डिजिटल मार्केटिङ सीप विषयमा विशेष प्रशिक्षण प्रदान गर्नेछन्न् । उत्पादनको ब्रान्डिङ, डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल प्रवर्द्धन तथा अनलाइन पेमेन्टका उपायहरू बारे गुरुङले जानकारी गराउने ऱ्छन् ।
आयोजकका अनुसार यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आयआर्जनका नयाँ अवसर सिर्जना गर्न, साना उद्यम स्थापना गर्न तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

