इटहरीमा धनपुरी एकता समाजद्वारा २० भन्दा बढी सार्वजनिक डस्टबिन सौजन्य

0

इटहरी,२० तरहरा
साउन १७ – इटहरी उपमहानगरपालिका–२० अन्तर्गत धनपुरी एकता समाजले सरसफाइ तथा वातावरण संरक्षणलाई प्राथमिकता दिँदै २० भन्दा बढी सार्वजनिक डस्टबिन स्थापना गरेको छ।


तरहर चोकबाट दक्षिणतर्फ रहेको होम्सदेखि गुलेलीटार प्रगति चोकसम्मको सडक खण्डका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन राखिएको समाजले जनाएको छ। यस अभियानले सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न र सरसफाइप्रति स्थानीयमा सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


उक्त अभियान समाजसेवी राजन कटुवालको नेतृत्वमा धनपुरी एकता समाजका इन्चार्ज तथा सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो। स्थानीयवासीले समाजको यस कार्यलाई वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा प्रशंसा गरेका छन्।
धनपुरी एकता समाजले आगामी दिनमा पनि सरसफाइ, वातावरण संरक्षण तथा सामाजिक हितका अन्य कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।@lalbikram Lal Bikram Thapa Gurkha Khabar Namaskar Khabar Itahari News Balen Rastriya Swatantra Party – RSP NG VLOGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *