इटहरीमा ‘Ride for a Drug-Free Future’ अभियान अन्तर्गत भव्य Meet & Greet सम्पन्न
इटहरी,NG lama
असार १२ (जुन २६, २०२६) — International Day Against Drug Abuse and Illicit Trafficking को अवसरमा “Ride for a Drug-Free Future” अभियान अन्तर्गत धरान–विराटनगर–इटहरी मार्गमा आयोजित सचेतना राइड सफलतापूर्वक सम्पन्न भएको छ।“One Ride, One Voice, One Mission – Say No to Drugs” भन्ने मूल नारासहित सञ्चालन गरिएको यस अभियानको उद्देश्य लागुऔषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्ध जनचेतना फैलाउनु र लागुऔषधमुक्त समाज निर्माणमा सबैको साझा सहभागिता जुटाउनु रहेको आयोजकले जनाएको छ।इटहरीस्थित Social Cafe मा Young Enfielders को आयोजनामा सम्पन्न Meet & Greet कार्यक्रममा देशका विभिन्न स्थान—Kathmandu, Pokhara, Dang, Bhairahawa र Butwal लगायतबाट आएका १५० भन्दा बढी Royal Enfield राइडर्सको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा Subash Hamal प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै Suresh Karki ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा इटहरी–१७ का वडाध्यक्ष, धरान र इटहरीका Young Enfielders का पदाधिकारी, प्रहरी, नगर प्रहरी, पत्रकार तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।राइड अभियानका क्रममा धरानमा क्यान्डल लाइट कार्यक्रम आयोजना गरिएको थियो भने विराटनगर र इटहरीमा राइडर्सलाई भव्य स्वागत गरिएको थियो। कार्यक्रममा सहभागी राइडर्सले विभिन्न आकर्षक तथा महँगा Royal Enfield मोटरसाइकलहरूको प्रदर्शनी समेत गरेका थिए, जसले उपस्थित दर्शकको ध्यान आकर्षित गरेको थियो।कार्यक्रमको इभेन्ट व्यवस्थापन NG Entertainment र आमा डिजिटल मार्केटिङ प्राइभेट लिमिटेड नवीन गुरुङको संयोजनमा सम्पन्न भएको थियो।यस कार्यक्रमको पूर्ण भिडियो तथा विशेष झलक NG Vlog को आधिकारिक YouTube च्यानलमा हेर्न सकिने आयोजकले जनाएको छ।यस अभियानले युवामाझ लागुऔषधविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्दै सुरक्षित, स्वस्थ र लागुऔषधमुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

