तरहरामा वाईएमसीको निःशुल्क वल्र्डकप २०२६

0
YMC world cup

कोषाध्यक्ष चौधरीले यस्ता कार्यक्रमले फुटबल प्रेमी, खेलाडी र समुदायबीच आपसी सम्बन्ध तथा एकता अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

तरहरा । सुनसरीको इटहरी २०, तरहरामा विश्वकप २०२६ का सम्पूर्ण खेलहरू वाईएमसी तरहराले निःशुल्क प्रत्यक्ष प्रसारण गरिरहेको छ। दर्शकहरूका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिक तथा खेलाडीहरूका लागि बस्ने कुर्सीको समेत व्यवस्था गरिएको क्लबले जनाएको छ।

क्लबका कोषाध्यक्ष बिनोद चौधरीका अनुसार यो कार्यक्रम विगत वर्षहरूदेखि निरन्तर सञ्चालन हुँदै आएको परम्परा हो। कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण खर्च क्लबका सदस्यहरूको योगदान तथा क्लबकै कोषबाट व्यवस्थापन गरिएको हो ।

कोषाध्यक्ष चौधरीले यस्ता कार्यक्रमले फुटबल प्रेमी, खेलाडी र समुदायबीच आपसी सम्बन्ध तथा एकता अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष लिम्बुले यस्तो कार्यक्रममार्फत तरहराको नाम र पहिचानसमेत बढेको भन्दै गर्वको अनुभूति भएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *