किड्स ह्याप्पी होमको १४औँ वार्षिक उत्सव र दीक्षान्त समारोह सम्पन्न

0
KIDS

तरहरा (इटहरी), सुनसरी । इटहरी–२० स्थित प्रतिष्ठित शैक्षिक संस्था किड्स ह्याप्पी होमले आफ्नो १४औँ अभिभावक दिवस तथा ५औँ दीक्षान्त समारोह एक भव्य र उल्लासपूर्ण कार्यक्रमका बीच सम्पन्न गरेको छ।

काठमाडौं विश्वविद्यालयकी संकाय सदस्य एवं शिक्षा विशेषज्ञ डा. मीनाक्षी दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा बालबालिकाको सर्वाङ्गीण विकासका बारेमा गहन छलफल गरियो।

“बालबालिकाको सिकाइ केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन।”, डा। दाहालले भन्नुभयो, “घर र विद्यालयबीचको बलियो साझेदारीले मात्र उनीहरूको बौद्धिक, भावनात्मक र सामाजिक विकास सम्भव छ।”

उहाँले जीवनोपयोगी शिक्षा र व्यवहारिक सीपमा जोड दिन अभिभावकहरूलाई आग्रह गर्नुभयो ।

तरहरा क्षेत्रकै उच्च शिक्षित महिला नेतृत्वका रूपमा चिनिनुहुने प्रिन्सिपल रिता आचार्य भुषालले मन्टेश्वरी शिक्षाको महत्वमाथि प्रकाश पार्नुभयो।

उहाँले बालबालिकाको प्रारम्भिक विकासले नै उनीहरूको भविष्यको जग निर्माण गर्ने बताउँदै तरहराको शैक्षिक स्तर उकास्न विद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

“हामी विद्यार्थीहरूलाई स्वस्थ आहार मात्र होइन, अतिरिक्त क्रियाकलाप र सिर्जनात्मक अभ्यासमार्फत सबल बनाउँदैछौँ।”, प्रिन्सिपल आचार्य भुषालले भन्नुभयो, “अध्ययनमा विशेष सहयोगका लागि हामीले  नियमित रूपमा अतिरिक्त क्रियाकलाप, खेलकुद तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छौँ।”

विद्यालयका निर्देशक तथा प्रतिष्ठित व्यवसायी सुनिल भुषालले गुणस्तरीय शिक्षा प्रदान गर्न पाउनु आफ्नो लागि गर्वको विषय भएको बताउनुभयो।

प्रिमियर ग्लोबल स्कुलसहित विभिन्न व्यावसायिक क्षेत्रमा सफल नेतृत्व गरिरहनुभएका भुषालले बालबालिकाको भविष्य र तरह्राको विकासका लागि निरन्तर लगानी र प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

किड्स ह्याप्पी होमले तरहरा उत्सवमा सहभागी हुने बालबालिकाहरूका लागि ह्याप्पी किड्स शीर्षक अन्तर्गतको एघार हजार एक सय एक रुपैयाँ लक्की क्यास गिभवेको वार्षिक रुपमा प्रायोजन गर्ने सहमति यसअघि घोषणा गरिसकेको छ ।

समारोहमा कक्षा ५ उत्तीर्ण गरी उच्च शिक्षाका लागि प्रस्थान गर्न लागेका १४ जना विद्यार्थीहरूलाई टोपी र प्रमाणपत्रसहित दीक्षित गरियो। सो अवसरमा साना बालबालिकाहरूले प्रस्तुत गरेको नृत्य, गायन र नाटकले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *