इक्यान निर्वाचन: लक्ष्मण पौडेलको नेतृत्वमा ‘शसक्त’ प्यानल चुनावी मैदानमा
काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ कार्यसमिति चयनका लागि चुनावी सरगर्मी बढेको छ। यही पुस २८ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। ग्रेस इन्टरनेशनलका निर्देशक एवं निवर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल ‘एन्ड्रयू’ ले आफ्नो बलियो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
पौडेल नेतृत्वको समूहलाई इक्यानका पूर्व अध्यक्षहरू र अनुभवी अग्रज व्यवसायीहरूको ठुलो समर्थन प्राप्त छ। पूर्व अध्यक्षहरू दिपक गुरुङ, विष्णुहरी पाण्डे, बुद्धि प्रसाद रेग्मी सहित देवीदास भट्टराई र विष्णु पोखरेलको साथले यो प्यानललाई थप बलियो बनाएको छ। त्यस्तै, महेश कुमार कार्की र महेशबाबु तिमल्सिना लगायतका व्यवसायीहरूले पनि यस प्यानलको विजयका लागि सक्रिय भूमिका खेलिरहेका छन्।
पौडेलको प्यानलमा पदाधिकारीतर्फ उपाध्यक्षमा गिता सिवाकोटी, बासुदेव दाहाल र पुष्पराज भट्टराई रहेका छन् भने महासचिवमा नवराज केसी क्षेत्री चुनावी दौडमा छन्। सचिवमा भुपाल केसी र लाल बहादुर तामाङ, कोषाध्यक्षमा साधना पुडासैनी र सह-कोषाध्यक्षमा भिम बहादुर थापाले उम्मेदवारी दिएका छन्।
सदस्यहरूमा दिनेश पौडेल, भेषराज राय, प्रभात पौडेल र शिव प्रसाद अर्यालले लक्ष्मण पौडेलको समूहबाट प्रतिस्पर्धा गर्दैछन्। संस्थागत सुधार र व्यवसायीहरूको हकहितलाई मुख्य एजेन्डा बनाएको यो प्यानलले अहिले आफ्नो चुनावी प्रचारलाई तीव्र पारेको छ।
