कामधेनु र वर्तमान नेतृत्वका विरुद्ध व्यक्तिगत प्रतिशोधमा भइरहेको ‘मिडिया ट्रायल’ र दुर्भावनापूर्ण निकृष्ट प्रयोग

0
Kamdhenu press meet

अध्यक्ष यादप ढकाल र उहाँको कार्यसमिति यस्ता अनुचित व्यावसायिक आचरण भएका कुनै पनि तत्वहरुसँग कुनै पनि हालतमा सम्झौता गर्दैनन् र व्यावसायिक अपराध गर्नेहरुलाई कडा जवाफ दिन्छन् भन्ने विश्वास ढकाल उहाँका टिमलाई चिन्ने, बुझ्ने र यो प्रकरणलाई नजिकबाट निष्पक्ष र स्वतन्त्र हेरिरहेकाहरुलाई छ ।

नवीन गुरुङ (गुरुङ सोल्टी)

कुनै पनि संस्थाको सफलताले समाजमा सकारात्मक प्रभाव त पार्छ नै, तर कहिलेकाहीँ त्यही सफलताले केही सीमित व्यक्तिको स्वार्थमा ठेस पुर्‍याउँदा नियोजित प्रहारहरू सुरु हुन्छन्। हाल कामधेनु दुग्ध विकास सहकारी संस्था लि. र यसका अध्यक्ष यादप ढकाल विरुद्ध भइरहेका गतिविधिहरू सामान्य असन्तुष्टि मात्र नभएर यो एक प्रकारको सञ्चारमाध्यमलाई हतियार बनाउने कार्य हो ।

‘जर्नालिस्टिक माल्प्र्याक्टिस’ र स्वार्थको द्वन्द्व पत्रकारिताको विश्वव्यापी मान्यता अनुसार, कुनै पनि पत्रकारले आफ्नो पदको प्रयोग व्यक्तिगत रिसिइबी वा स्वार्थ पूर्तिका लागि गर्नुलाई पत्रकारिताको गलत अभ्यास मानिन्छ।

पत्रकारिता कि व्यक्तिगत प्रतिशोध? पत्रकारिताको आचारसंहिताले स्पष्ट भन्छ— “समाचार निष्पक्ष हुनुपर्छ र यसले कसैको व्यक्तिगत स्वार्थको भारी बोक्नु हुँदैन।”

मिडियामा पहुँच भएकोले आफ्नो प्रभाव प्रयोग गरेर कुनै पनि संस्थालाई, खासगरि सहकारीको, बदनाम गर्न खोज्नु सञ्चारमाध्यमको ‘दुर्भावनापूर्ण’ प्रयोगको एउटा निकृष्ट उदाहरण हो ।

समाचारको उद्देश्य सूचना दिनु हुन्छ । तर, त्यो नभई पत्रकारिताको गलत अभ्यास भयो र सञ्चारमाध्यमको दुर्भावनापूर्ण प्रयोग भए त्यसले पत्रकारिताको धर्म गुमाउँछ र ति पत्रकार पनि रहन्न ।

अध्यक्ष यादप ढकालले नेतृत्व सम्हालेपछि संस्थामा बढेको सदस्य संख्या र कारोबारमा भएको उल्लेख्य प्रगतिबाट खुसी हुनुपर्नेमा यदि कोही व्यक्तिगत रिसिइबीका कारण प्रगतिलाई ओझेलमा पार्दै विरोधाभासपूर्ण उल्टै विरोधमा उत्रिएर संस्थाको ब्रान्ड र भ्यालु बिगार्ने प्रयास गरिरहेका छन् भने त्यो तिनको ‘कुकृत्य’का लागि संस्थाले सहकारी ऐन र नियम अनुसार वा आवश्यक कानुन, विधान र आवश्यकताअनुसार कारवाही गर्नुपर्छ । कसैको निजी स्वार्थका लागि एउटा स्थापित संस्थालाई पत्रकारिताको आवरणमा मिडिया ट्रायल गर्ने छुट कसैलाई हुन्न/छैन् ।

केही सञ्चारमाध्यमको प्रयोग गरेर वा कुनै शक्तिको आडमा अध्यक्ष यादव ढकाल र उहाँको टिमलाई नियोजित एवम् प्रायोजित रुपमा निरन्तर प्रहार गर्दै बदनाम गर्ने अभियान नै चलाउनु र संस्थाको साख गिराउने प्रयास गर्नु सरासर गलत र अनुचित हो । र, हामी कुनै पनि पत्रकार वा संचारमाध्यम आजको डिजिटल युगमा कुनै पनि प्रकारको अनुचित लाभ, दबाब वा प्रलोभनमा परेर वा कारण वा व्यक्तिगत सम्बन्धका आधारमा यसखाले ‘दुर्भावनापूर्ण निकृष्ट कुकृत्य’को सानो वा थोरै मात्राको पनि अंश बनिए/भए यो पनि ‘येल्लो जर्नालिज्म’ हुनेछ ।

वर्तमान समयमा सूचना र प्रविधिको विकाससँगै समाजले सत्य र तथ्यलाई छिटो पहिचान गर्न सक्ने क्षमता राख्दछ । तर, दुर्भाग्यवश कहिलेकाहीँ राज्यको चौथो अङ्ग मानिने पत्रकारिताको शक्तिलाई केहीले आफ्नो व्यक्तिगत स्वार्थ साध्ने हतियार बनाउने गरेको पाइन्छ । हाल कामधेनु दुग्ध विकास सहकारी संस्था लि.र यसको वर्तमान नेतृत्वका विरुद्ध व्यक्तिगत प्रतिशोधमा भइरहेका मिडिया ट्रायल र दुर्भावनापूर्ण निकृष्ट केही गतिविधिहरू यसैको ज्वलन्त उदाहरण हुन् कि ! भन्ने आशंका उब्जिएको छ ।

पत्रकारिता कि व्यक्तिगत प्रतिशोध? पत्रकारिताको आचारसंहिताले स्पष्ट भन्छ— “समाचार निष्पक्ष हुनुपर्छ र यसले कसैको व्यक्तिगत स्वार्थको भारी बोक्नु हुँदैन।”

संस्थाको नीति र पद्धतिमा बहस गर्नुको साटो, अध्यक्ष यादप ढकाल र उहाँको टिमको व्यक्तिगत चरित्रमाथि प्रहार गर्नु आफ्नो कार्यकालमा खासै प्रगति गर्न नसक्नेहरूले अहिले भइरहेको प्रगतिलाई देखेर डाह गर्नु र मिडिया ट्रायलमार्फत फेम बिगार्न खोज्नु सहकारीको मर्म विपरीत छ । यो डिजिटल युगमा हरेक सदस्यले तथ्यहरू तुरुन्तै जाँच गर्न सक्छन् ।

त्यसैले, प्रगतिको तथ्याङ्क र सदस्यहरूको अटुट विश्वास भएका नेतृत्व र टिमले संस्थाको ब्रान्ड र किसानको पसिनाको सुरक्षाका लागि यस्ता कुकृत्य गर्नेहरू विरुद्ध हिजोकोभन्दा अझै राम्रो र पारदर्शी काम गरेर देखाउनु आवश्यकता देखिन्छ । सत्यको बाटोमा हिँड्नेलाई कसैको धाकधम्की, कुनै पनि प्रकारका मिडिया ट्रायल, पहुँच वा पावरवालाको चलखेल वा कुनै निकृष्ट कुकृत्यले केही फरक पार्दैन। र, एक सक्षम, हिम्मतवाला र कर्तव्यनिष्ठ नेतृत्व कुनै पनि साढेहरुबाट तर्सिन्न, त्यस्ताबाट विचलित, प्रभावित हुदैनन् ।

अध्यक्ष यादप ढकाल र उहाँको कार्यसमिति यस्ता अनुचित व्यावसायिक आचरण भएका कुनै पनि तत्वहरुसँग कुनै पनि हालतमा सम्झौता गर्दैनन् र व्यावसायिक अपराध गर्नेहरुलाई कडा जवाफ दिन्छन् भन्ने विश्वास ढकाल उहाँका टिमलाई चिन्ने, बुझ्ने र यो प्रकरणलाई नजिकबाट निष्पक्ष र स्वतन्त्र हेरिरहेकाहरुलाई छ ।

लेखक स्वतन्त्र पत्रकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *