हङकङमा तरहरा मञ्चको पाँचौँ अधिवेशन तथा भेटघाट कार्यक्रम, आईतबार

0

मञ्चले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक र सामुदायिक समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको, मञ्चका उपाध्यक्ष भक्त बहादुर तामाङ (किरण)ले जानकारी दिनुभयो ।

HK tarahara manch-min

इटहरी (तरहरा) । हङकङ तरहरा मञ्चले आफ्नो पाँचौँ वार्षिक अधिवेशन तथा भेटघाट कार्यक्रम एकैसाथ आयोजना गर्ने भएको छ। आउँदो सेप्टेम्बर ७, आइतबार दिउँसो ३ बजेदेखि सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मञ्चले जनाएको छ।

अध्यक्ष कालसिं राई
अध्यक्ष कालसिं राई

“यो भेला हङकङमा रहेका हाँसपोसा, तरहराका बासिन्दाहरूका लागि एक प्रकारको चाडकै रूपमा लिइन्छ ।”, मञ्चका अध्यक्ष कालसिं राई भन्नुहुन्छ, “यो एकअर्काको आत्मीयता साट्ने र आपसी सद्भाव बढाउने अवसर पनि हो ।”

उहाँको अनुसार, मातृभूमिलाई सहयोगका अनुसार, यो संस्थाको स्थापना विदेशमा रहे पनि आफ्नो मातृभूमि नेपाल र विशेषगरी इटहरी उपमहानगरपालिका, त्यसभित्रको तरहरालाई सहयोग गर्ने उद्देश्यले भएको हो ।

“हामी सामाजिक रूपमा उत्तरदायी छौं ।”, अध्यक्ष राईको कथन छ, “यो मञ्चले आर्थिक सहयोग मात्रै नभएर हामीबीच आत्मीयता, सद्भाव र एकता कायम गर्न पनि ठूलो भूमिका खेलेको छ।”

स्थापनाकालदेखि नै विभिन्न सामाजिक र सामुदायिक समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान- उपाध्यक्ष तामाङ

उपाध्यक्ष भक्त बहादुर तामाङ (किरण)
उपाध्यक्ष भक्त बहादुर तामाङ (किरण)

मञ्चले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक र सामुदायिक समस्याहरू समाधान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको, मञ्चका उपाध्यक्ष भक्त बहादुर तामाङ (किरण)ले जानकारी दिनुभयो ।

उहाँको अनुसार, सामुदायिक पहल र सामाजिक योगदानका कारण मञ्चले तरहराका स्थानीय संघसंस्था र नेतृत्वसँगको सहकार्य र सहयोगमा शैक्षिक विकास, खेलकुदको प्रवर्द्धन, आपतकालीन सहयोग, कला र खेलाडीको सम्मान लगायतका कार्यक्रमहरु गरिरहेको छ ।

शैक्षिक विकासमा तरहराका सामुदायिक (सरकारी) विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरी शिक्षाको क्षेत्रमा प्रोत्साहन गरिरहेको, अध्यक्ष राईले बताउनुभयो ।

उपाध्यक्ष तामाङका अनुसार, मञ्चले ‘तरहरा रन र ‘साइकिलिङ जस्ता खेलकुद कार्यक्रमलाई, अग्नि तथा बाढी पीडितहरूलाई, आर्थिक अभाव भई उपाचार गर्न नसकेका बिरामीहरुलाई आर्थिक सहयोग गरिरहेको छ ।

त्यसैगरि, मञ्चले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा तरहराको नाम उच्च राख्ने तेक्वान्दो तथा फुटबल खेलाडी एवम् गायन क्षेत्रमा प्रतियोगी बनिएका कलाकारहरूलाई समेत सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ ।

गत वर्षदेखि शुरु तरहरा उत्सवलाई पनि मञ्चले सहयोग गरेको छ ।

उपाध्यक्ष तामाङका अनुसार, कार्यक्रममा औपचारिक सत्रका साथै मनोरञ्जनात्मक खेल, विभिन्न स्वादिष्ट परिकार र ड्रिंक्सको व्यवस्था पनि गरिने छ। कार्यक्रममा फोटो सेशन समेत गरिन्छ ।

कार्यक्रम बिट्रिस गोर्खा क्लब एण्ड रेष्टुरेन्ट, जोर्डन रोड, जोर्डनमा आयोजना हुनेछ ।

यस भेलाले हङकङमा रहेका तरहरावासीबीचको सम्बन्धलाई थप बलियो बनाउनुका साथै मातृभूमिप्रतिको दायित्वलाई पनि जीवन्त राख्ने, अध्यक्ष राईको अपेक्षा चछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *