बेलबारीमा पाथीभरा बुटिक एण्ड टेलरिङको उद्घाटन, व्यावसायिक सफलताको कामना

0
532624187_24358109277174662_5020717673895292957_n-min

बेलबारी, साउन २९, २०८२

सुन्दर नगरी बेलबारीमा नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ, राष्ट्रिय महिला उद्यमी कोशी प्रदेशकी कोषाध्यक्ष सजना बराइलीको ूपाथीभरा बुटिक एण्ड टेलरिङू को औपचारिक उद्घाटन भएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय महिला उद्यमी कोशी प्रदेश संयोजक तारा खनाल अधिकारी, प्रसिद्ध गायक तथा संगीतकार प्रकाश ओझाले संयुक्त रूपमा रिबन काटेर बुटिकको उद्घाटन गरेका थिए।

एन्जल टेर्लसका प्रमुख एवम् सफल व्यवसायी भाईशन वर्देवाले जनाकारी गराएअनुसार, उद्घाटन समारोहमा बोल्दै संयोजक अधिकारी र गायक ओझाले सजना बराइलीलाई व्यावसायिक सफलताको शुभकामना दिए । उनीहरूले बेलबारी जस्तो व्यापारिक केन्द्रमा स्तरीय बुटिक सञ्चालन हुनुले ग्राहकहरूलाई फाइदा पुग्ने बताए।

यसै अवसरमा व्यावसायिक नगर अध्यक्ष श्री पदम दर्नालले पाथीभरा बुटिकको सुरुवातप्रति खुशी व्यक्त गर्दै व्यावसायिक सफलताको कामनाका साथै धन्यवाद ज्ञापन गरेका थिए। उनले स्थानीय व्यवसायको प्रवर्द्धनमा सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *