तरहरा कोरा च्यालेञ्ज २०२५ को दर्ता बन्द, उल्लेखनीय सहभागिता

0

सुरज लामाले गोर्खा खबरसँगको कुराकानीमा भने, “सार्वजनिक रूपमै जुन माया र समर्थन पाइयो, त्यसका लागि हामी अत्यन्तै आभारी छौँ। अब दर्ता प्रक्रिया बन्द भइसकेको छ र अब हामी सहभागीहरूलाई स्वागत गर्न उत्साहित छौँ।”

tarahara kora

गोर्खा खबर, इटहरी
मितिः २०८२ श्रावण २९, आइतबार

तरहरा कोरा च्यालेञ्ज २०२५ को लागि सहभागी दर्ता आजबाट औपचारिक रूपमा बन्द भएको छ । कार्यक्रम समन्वयकर्ताका रूपमा रहेका संयोजक सुरज लामाका अनुसार, यस वर्षको कोरा च्यालेञ्जमा अत्यधिक उत्साहजनक रेकर्ड तोड सहभागीता देखिएको छ ।

तरहरा कोरा च्यालेञ्ज चौथो संस्करणले इटहरी तथा आसपासका क्षेत्रमा साइकलिङ संस्कृतिको प्रवर्द्धन, स्वस्थ जीवनशैलीको सन्देश र वातावरणीय सचेतनालाई प्रवाह गर्ने उद्देश्य रहेको, लामाले बताए ।

सुरज लामाले गोर्खा खबरसँगको कुराकानीमा भने, “सार्वजनिक रूपमै जुन माया र समर्थन पाइयो, त्यसका लागि हामी अत्यन्तै आभारी छौँ। अब दर्ता प्रक्रिया बन्द भइसकेको छ र अब हामी सहभागीहरूलाई स्वागत गर्न उत्साहित छौँ।”

तरहरा साइकलिङ क्लबको आयोजनमा कार्यक्रम श्रावण ३ गते हुदैछ । साइकलिङ रुट बारे आयोजक केही दिनअघि फेशबुक लाइभ गरेर समेत जानकारी गराए । कार्यक्रमका बारे तथा सुरक्षा मापदण्ड तथा अन्य विवरणहरू थप औपचारिक सूचना र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकको भनाइ छ । सहभागीहरूलाई नियमित रूपमा अपडेटहरू हेर्न र कार्यक्रमका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ।

तरहरा साइकलिङ क्लबको अफिसियल फेशबुक पेजसँग अपडेट रहन यहाँ क्लिक गर्नुहोस्

(नोटः कोरा च्यालेञ्ज २०२५ तथा तरहरा उत्सव २०८२ सम्बन्धी थप समाचार, फोटो र प्रत्यक्ष झलकहरूका लागि गोर्खा खबरसँगै रहनुहोस्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *