फोनिज सुनसरीको तेस्रो जिल्ला अधिबेशन सम्पन्न
(आर्काइभबाट)
धिरेन्द्र कुमार चौधरी
रामधुनी । अहिलेको आधुनिक युगमा मानबमा सहरीकरणको प्रभाब बढी रहेको अबस्थामा ग्रामीण क्षेत्रको महत्त्व उजागर गर्नका लागि फोनिज सुनसरीको तेस्रो जिल्ला अधिबेशन गत मङ्सिर २८ र पुस १९ गते रामधुनी नपा २ मा सम्पन्न भएको छ ।
स्थानीयबासी सुनसरीका संचारकर्मी गाउमा भेला भएकोकोमा दङ्ग परेका थिए भने केही साथिले ग्रामीण क्षेत्रमा भेला गरेकोमा आबत जाबतमा कठिनाइ भएकोमा गुनासो समेत राखे । अधिबेशन आदिवासी जनजाति सङग्राहलयको हलमा आयोजना गरिएको थियो ।
स्थानीयबासिले नास्ता र खाना ग्रामीण परिबेशमा सहभागीहरुलाइ पकाएर खुबाए । अधिबेशन थारु समुदाय बस्ने बस्तिमा आयोजना गरिएको थियो । नास्ता र खानामा थारु समुदायले खाने पहिचानको परिकार सिध्रा खुबाए । प्रायः सहभागीहरुले ग्रामीण परीबेसमा भुइमै पटिया ओछयाएको ठाउमा बसेर खाना खाए । ग्रामीण क्षेत्रमा सभा सेमिनार हुदा निशुल्क श्रमदान गरेर सहयोग गर्ने परम्परा रहेको छ । त्यो स्थानीयबासिले ब्यबहारमा प्रस्तुत गर्नुभयो ।
दुई दिनसम्म चलेको अधिबेशनले नया नेतृत्व चयन गर्यो । सर्बसहमतीबाट नवीन गुरुङको अध्यक्षतामा फोनिज सुनसरीको नया कार्य समिति चयन गर्यो । समितिको उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा सुन्निमा चाम्लिङ, सहसचिवमा लिलानाथ गच्छदार र कोषाध्यक्षमा राजकुमारी चौधरी रहेको छ ।
त्यसैगरी सदस्यहरुमा कमला चौधरी , विश्व राई, स्वर्णिम फोम्बो, रश्मि प्रधान , वसन्त बान्तबा, मौसमी लिम्बु चयन भएका छ्न ।
अधिबेशनमा तत्कालीन फोनिज प्रदेश न। १ का अर्जुन जम्नेली राई, उपाध्यक्ष फिपराज बेघा, फोनिज केन्द्रका पुर्ब उपाध्यक्ष भैरब आङ्ला , नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खडका, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीषण राई, नेपाल पत्रकार महासंघ सुनसरीका सभापति जनकऋषि राई, रामधुनी नपाकी उप प्रमुख सबिना कुमारी चौधरी , फोनिज प्रदेश न। १ का तत्कालीन सदस्य बिना तामाङ , प्रदीप चौधरी लगायतको गरिमामय सहभागीता रहेको थियो ।
कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बा, गोपाल देबान, आनन्द श्रेष्ठ, सुकदेब चौधरी ,निलिफा सुब्बा, मनिता चाम्लिङ, प्रदिप मेयाङबो, भोजराज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रेस युनियन , प्रेस चौतारी, प्रेस सेन्टर, दलित पत्रकार संघ सुनसरीको प्रतिनिधिको उपस्थितिले कार्यक्रमको शोभा बढेको थियो ।
दुई दिनसम्म चलेको अधिबेशनमा सुनसरीका एक सय भन्दा बढी संचारकर्मिले सहभागीता जनाए ।
त्यहा आदिवासी जनजाति सङग्राहलयका प्रतिनिधिले कार्यक्रममा सहयोगी भावना प्रस्तुत गरेर कहिल्यै बिर्सन नसकिने गुण लगाए ।
