अन्तराष्ट्रियस्तरमा सहकार्य सम्झौंतासँगै जनता बहुमुखी क्याम्पस, इटहरीले सुनायो आफ्नो उपलब्धी
इटहरी । गोर्खा खबर
३० असार २०८२, सोमबार
जनता बहुमुखी क्याम्पस, इटहरीले शैक्षिक, अनुसन्धानात्मक, सांस्कृतिक र नवप्रवर्तन कार्यक्रमहरूमा पाँच वर्षे शैक्षिक सहकार्य सम्झौता गरेको छ ।भारतका दुई प्रतिष्ठित विश्वविद्यालय—हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको श्री जे.जे.टी. विश्वविद्यालयसँग यो सहकार्य सम्झौता असार २४ र २५ गते गरेको हो ।
पत्रकार सम्मेलनमार्फत सार्वजनिक सम्झौतामा दुवै विश्वविद्यालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। सम्झौता डा. वेणुप्रसाद सिटौलाको पहलमा सम्पन्न भएको हो। उनले सात विश्वविद्यालयमा प्रस्ताव पठाइएकामा पाँचबाट सकारात्मक प्रतिक्रिया आएको जानकारी गराए।
क्याम्पसका अध्यक्ष विकास केसीका अनुसार यो पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्झौता हो, जसले नेपाल–भारतबीचको शैक्षिक सम्बन्ध सुदृढ पार्नेछ। आगामी वर्ष ‘नेपाल–भारत शैक्षिक शिखर सम्मेलन’ आयोजना गर्ने तयारी समेत भइरहेको छ।
अध्यक्ष केसीले पछिल्लो दुई वर्षमा क्याम्पसले गरेका प्रमुख उपलब्धिहरू पनि सार्वजनिक गरे, जसमा ६ वटा नयाँ बस थप, हिलाम्य क्षेत्र ब्लक बिछ्याइ, छात्राबास निर्माणको लागि ४ करोड ९६ लाख बजेट सुनिश्चित, स्मार्ट बोर्ड जडान, खेलमैदान सुधार लगायत छन्। साथै, प्राध्यापकहरूको कार्य मूल्यांकन प्रणाली, पोसाक अनिवार्य, सीसी क्यामेरा निगरानी र समयपालनामा कडाइ गरिएको छ।
अध्यक्ष केसीले क्याम्पसको समग्र गुणस्तर सुधारका लागि सबैको सुझाव र सहभागिता अपेक्षा गरिएको उल्लेख गर्दै सामाजिक साझेदारीको माध्यमबाट आत्मनिर्भर शैक्षिक संस्था बनाउने प्रतिबद्धता जनाए।
केःशी अध्यक्ष भएता क्याम्पसमा भौतिक बिकासक्रम र शिक्षाको गुणस्तर बढेको, चर्चा छ ।
