गुरुङ समुदायको सम्बृद्धि प्रति कटिबद्ध : सिक्किम मुख्यमन्त्री पिएस गोले

0

उनले गुरुङ जातीको मात्र नभै सम्पूर्ण जाति समुदायको भाषा संस्कृति जोगाउन निरन्तर लागिपरिरहेको बताए ।

Sikkim CM PS Goley

(आर्काइभबाट)

सिक्किम (भारत) । सिक्किमका मुख्यमन्त्री पिएस गोले (प्रेम सिंह तामाङ गोले)ले तमु गुरुङ समुदायको सम्बृद्धिका निम्ति सिक्किम सरकार र आफु प्रतिबद्ध एवम् कटिबद्ध रहेको बताएका छन् । सिक्किमको देन्ताममा मंगलबारदेखि सुरु दोस्रो अन्तराष्ट्रिय तमू (गुरुङ) सम्मेलनमा मुख्यमन्त्री तामाङले यो बताएका हुन् ।

सिक्किम विकासमा गुरुङ समुदायको महत्वपूर्ण योगदान छ । हामी (सिक्किम सरकार)ले यसको मुल्यकंन गरेको छ । सम्मेलन समुद्धाट्न गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री तामाङले भने, ‘अहिले हामीले भाषा जोगाउनकै लागि विद्यालयहरुमा मातृभाषा कक्षाहरु संचालन गर्नुका साथै मातृभाषामा विद्यावारिधी गर्न चाहने विद्यार्थीहरुको लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्न लाखौ रुपैयाँ उपलब्ध गर्ने निर्णय गरेका छौं ।

उनले गुरुङ जातीको मात्र नभै सम्पूर्ण जाति समुदायको भाषा संस्कृति जोगाउन निरन्तर लागिपरिरहेको बताए ।

सम्बोधनकै क्रममा मुख्यमन्त्री तामाङले सिक्किम सरकारको नेतृत्व आफुले सम्हालेपछि तत्काल गुरुङ समुदायको संस्कृति जगेर्ना गर्नका लागि दुई स्थानमा रोधींघर स्थापना गरिएको बताए ।

उनले सिक्किम सरकारमा गुरुङ समुदायको विधायक नभएको कारण आफ्नो सरकारले हरेक नियुक्तीमा गुरुङलाई प्राथमिकता दिइएएको बताए ।

सम्मेलनको पहिलो दिन समुद्घाटन गरिनुका साथै विभिन्न देशबाट आएका प्रतिनिधिहरुले उक्त देशको तमू समुदायको अवस्था र गतिविधिबारे जानकारी गरेका थिए ।

तीन दिनसम्म चल्ने सम्मेलनमा करिब २५ देशबाट झण्डै ७ सय जना प्रतिनिधिहरुको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *