विधुवा महिलालाई बिचल्ली पार्दै जनसहयोग; न्याय माग्दै मेयरसँग
कति निर्दयी जनसहयोग ! च्याङ्बाको निधन भएको महिनादिन पनि नपुग्दै गुपचुप निर्णय गर्दै शोकाकूल अवस्थामा रहेका च्याङ्बाकी विधुवा श्रीमती र उनीहरुकी छोरीलाई विद्यालयले उपलब्ध गराएको आवास्थान दुईतिनदिनभित्रै छाडेर जान विद्यालयका प्रिन्सिपल जनक बस्नेत र एकाउन्टेण्ड विदुर नेपालले भने । घरजग्गा, श्रीसम्पत्ती केही नभएकी च्याङ्बाकी विधुवा श्रीमती र छोरी नविना अब बिचल्ली हुने अवस्थामा पुगेका छन् ।
(आर्काइभबाट)
मेयरले बोलाए व्यवस्थापन समितिका अध्यक्ष र प्रिन्सिपल
तरहरा (इटहरी) । १७ वर्ष आफ्नो जीवन जनसहयोग माध्यमिक विद्यालय र कलेजलाई सुम्पेर केही महिनाअघि बिरामी परि थला परेका च्याङ्बा नामले परिचित लाख बहादुर तामाङले ज्यान गुमाए । रोगले च्यापेर उनी थला परेको बेला चौकीदारीदेखि विद्यालयको सरसफाई र हेरविचार गर्ने काम उनकी ५६ वर्षीय श्रीमती सकुनतला तामाङ र उनीहरुले सानैदेखि धर्मछोरी बनाई पालेकी १७ वर्षीय नवीना तामाङले गरिरहेका थिए । कति निर्दयी जनसहयोग ! च्याङ्बाको निधन भएको महिनादिन पनि नपुग्दै गुपचुप निर्णय गर्दै शोकाकूल अवस्थामा रहेका च्याङ्बाकी विधुवा श्रीमती र उनीहरुकी छोरीलाई विद्यालयले उपलब्ध गराएको आवास्थान दुईतिनदिनभित्रै छाडेर जान विद्यालयका प्रिन्सिपल जनक बस्नेत र एकाउन्टेण्ड विदुर नेपालले भने । घरजग्गा, श्रीसम्पत्ती केही नभएकी च्याङ्बाकी विधुवा श्रीमती र छोरी नविना अब बिचल्ली हुने अवस्थामा पुगेका छन् ।
‘ठूलो बुवा (च्याङ्बा) लाई रोगले च्यापेर थला पर्दाको अवस्थामा उहाँले गर्ने स्कूलका सबै काम हामीहरुले (आमाछोरी) मिलेर ग¥यौं । त्यतिबेला स्कूलका कसैले पनि केही भन्नुभएन् । हामीले निरन्तर काम गरिरह्यौं ।,’ आफै आर्थिक अवस्था कमजोर भएका च्याङ्बाले बच्चैदेखि पालेकी उनको छोरी नविनाले भनिन्, ‘ठूलो बुवा बित्नुभएपछि पनि तिमीहरुलाई जागिर दिन्छौं नै भनेर हामीलाई आशस्वासन दिनुभयो । तर, उहाँ बित्नुभएको एक महिनापछि प्रिन्सिपल जनक सर (जनक बस्नेत) र एकाउन्टेण्ड विदुर सर (विदुर नेपाल) ले हामीले एक लाख २० हजार दिने निर्णय ग¥यौं, अब तिमीहरुले दुईतिनदिनभित्रै कोठा (विद्यालयले उपलब्ध गराएको आवस्थान) छाड्नु ।’
गुपचुप निर्णय गरेको प्रति स्थानीय समाज, युवा मिलन क्लब र युवाहरुले विरोध गरेका छन् । उनीहरुकै विरोधपछि पुनः सर्वपक्षीय भेला राखिने भएको छ ।
मेयरको ध्यानाकर्षणः न्याय माग्दै
यो विषयमा स्थानीय युवाहरुको डिजिटल फोरम लेटस् भ्वाईस र प्रगत्तिशील फड्कोले इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललाई ध्यानाकर्षण गर्दै शोकाकूल अवस्थामा रहेका च्याङ्बाकी विधुवा श्रीमती र उनीहरुकी छोरीलाई न्याय दिनका लागि आईतबार भेटेर न्यायका लागि पहल गरिदिएका छन् ।
सोही विद्यालयमा जागिरको व्यस्थापन गरिदिन वा उनीहरुको जीवन सहजताका लागि पहल गरिदिन आईतबार मेयर हेमकर्ण पौडेललाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाए ।
‘सुटुक्कै अनुचित निर्णय गरेर अमानवीय व्यवहार देखाएका जनसहयोग प्रति खेद् प्रकट गर्दै यसलाई सच्याउन विद्यालय संचालक र व्यवस्थापन समिति, त्यसका लागि पहल गरिदिन वडा, स्थानीय राजनीतिक दल र उपमहानगरपालिकालाई लिखितमा अपिल गछौं ।,’ प्रगत्तिशील फड्कोका विनोद चौंधरीले भने, ‘शोकाकूल अवस्थामा रहेका च्याङ्बाकी विधुवा श्रीमती र उनीहरुकी छोरीलाई न्याय दिलाउनका लागि सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाई एवम् दिदीबहिनीहरुमा हामी विनम्र निवेदन गर्दछौं ।’
च्याङ्बाकी छोरी नविना जनसहयोगमा नै विएड (स्नातक) पहिलो वर्ष अध्ययन गरिरहेकी छिन् । जनसहयोग कलेजका प्रमुख दोर्ण न्यौंपानेले पनि नविनाले जनसहयोगमा च्याङ्बा बिरामी हुदाँ काम गरिरहेकी नै थिईन् र जागिर व्यवस्थापन गरिदिए काम गर्न सक्ने बताएका छन् ।
‘च्याङ्बाकी छोरी नविनालाई जागिरको व्यवस्था गरिदिए उनीहरु (आमाछोरी) को जीवनमा केही सहजता हुनेथियो ।,’ प्रमुख न्यौंपानेले भने, ‘हाम्री विद्यार्थी हुन्, बिएड पढ्दै छिन् । जागिर दिदाँ जिम्मेवार पुरा गर्न सक्छिन् र त्यो गर्न (जागिर दिन) नै विद्यालयको उचित निर्णय हुनेछ भन्ने मलाई व्यक्तिगत रुपमा लाग्छ ।’
प्राप्त जानकारी अनुसार, च्याङ्बाको सट्टा उनको परिवारलाई जागिर व्यवस्थापन नगरेर गुपचुप कार्की थरका एकजनालाई सुरक्षागार्डको जागिर दिएको, बुझिएको छ ।
व्यवस्थापन समितिका अध्यक्ष रुद्ध बस्नेत, प्रिन्सिपल जनक बस्नेत र एकाउन्टेण्ड विदुर नेपालसँग यस विषयमा विस्तृत बुझ्नका लागि सम्पर्क प्रयास गर्ने तथा उनीहरुको भनाई समेत राख्ने प्रयासमा छौं ।
यसबिच नगरप्रमुख पौडेलले शिक्षा विभागलाई जनसहयोगका व्यवस्थापन समितिका अध्यक्ष रुद्र बस्नेत र प्रिन्सिपल जनक बस्नेतलाई यस विषयमा बुझ्नका लागि इटहरी उपमहानगरपालिका बोलाउन निर्देशन दिएका छन् । पीडितहरुलाई लिएर ज्ञापन पत्र बुझाउन पुगेका अभियन्ताहरुसँग पौडेलले न्यायोचित निर्णय गराउन प्रतिवद्धता जनाए ।
छोरीलाई कम्प्युटर कोर्ष निःशुल्क
प्रगत्तिशील फड्को र लेट्स भ्वाइसका सल्लाहकार एवम् शिक्षासेवी मुक्तिनाथ घिमिरे र तरहरामा कम्प्युटर गुरु नामले चर्चित शम्भु घिमिरेले छोरी नविनलाई कम्प्युटर कोर्ष (बेशिकदेखि डिप्लोमासम्म) र इंगिलिस ल्याङवेज निःशुल्क पढाईदिने भएका छन् ।
‘संस्थागत रुपमा च्याङ्बा दाजुको अवस्थामा गम्भीर हुदाँ आर्थिक सहयोग गरेका थियौं, उहाँको निधनपछि छोरी नविनालाई कम्प्युटर र ल्याङवेज क्लास निःशुल्क गराईदिने जिम्मेवारी हामी लिन्छौं ।,’ लायन्स क्लब अफ तरहराका अध्यक्ष समेत रहेका मुक्तिनाथ घिमिरेले भने, ‘मानवीय सेवा नै हाम्रो धर्म भएकोले योसँगै आवश्यक अन्य सहयोग समेत हामी गर्नेछौं ।’
