तरहरामा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा
इटहरी, असार ११ । कृषि, पशुपालन, मत्स्यपालन तथा एग्रो टुरिज्म क्षेत्रमा सक्रिय युवा उद्यमी तथा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य एवं महासमिति सदस्य सिजन गुरुङले तरहराको पुरानो चौंकी लाईन, बजारमा (हजम अगाडि) मा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा ल्याएका छन्।
लामो समयदेखि कृषि, पशुपालन, मत्स्यपालन र एग्रो टुरिज्ममा सक्रिय गुरुङले स्थानीय स्रोत र सम्भावनाको उपयोगमार्फत रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा योगदान दिन यो व्यवसाय शुरू गरेको बताए ।
