काठमाडौं। प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। बुधबारको बैठकमा रास्वपाका सांसद अशोक कुमार चौधरीले गृहमन्त्रीमाथि प्रश्न उठाउँदै राजीनामा माग गरेका हुन्।
सांसद चौधरीले गृहमन्त्री लेखकले सहकारी ठगीका आरोपित जिबी राईलाई पक्राउ गर्न नसकेको र गिरिवन्धु टी–स्टेट तथा नक्कली भुटानी शरणार्थी प्रकरणका फाइलहरू कहाँ पुगे भनेर पनि प्रश्न गरे।
७९ दिनदेखि संसद्मा यो विषय उठाइरहेको रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। आफ्ना कुरा राखेपछि रास्वपा र राप्रपाका सांसदहरू बैठक छाडेर बाहिरिएका थिए।
भिडियो सोल्टी टिभी, युट्यूब च्यानलमा हेर्नुहोस् ।
