आदिवासी जनजातिद्धारा इटहरी मेयरको तारिफ

0
janajati img roshan bhujel (1)

इटहरी । गोर्खा खबर
२०७९ साउन २४, शनिबार

नेपाल आदिवासी जनजाति महासंघ, इटहरी उपमहानगर समन्वय परिषद्का अध्यक्ष चिरहाङ राईले इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौड्यालको प्रशंसा गर्नुभएका छन् ।

वर्षाको अवरोधका बीच बृहत् झाँकी ¥याली र साँस्कृतिक उत्सवसहित मनाइएको ३१औँ विश्व आदिवासी दिवसको समापन समारोहमा अध्यक्ष राईले नगर प्रमुख पौड्यालले आदिवासी जनजाति समुदायका पक्षमा उपमहानगरबाट प्रशंसनीय सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो ।

“हाम्रो नगरपिता मेयर साबले अहिलेसम्म कुनै पनि प्रकारको विभेद गर्नुभएको छैन, हामीले जे मागेर गए पनि कहिल्यै नाई–नास्ती गर्नु भएको छैन,” अध्यक्ष राईले भन्नुभयो, “आगामी दिनमा पनि सहयोग निरन्तर रहनेछ भन्ने आशा राखेको छु।”

अध्यक्ष राईले आफ्नो मौलिक अधिकार, पहिचान, भाषा, संस्कृति र अस्तित्वको संरक्षण तथा प्रवर्द्धनमा महासंघ निरन्तर क्रियाशील रहने र अधिकार प्राप्त नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारे। साथै, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तत्काल कार्यान्वयन गर्न तथा प्राकृतिक स्रोत—जल, जमिन र जंगलमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न जोडदार माग गर्नुभयो ।

कार्यक्रम भव्य र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, सञ्चारमाध्यम, सञ्चारकर्मी, प्रहरी प्रशासन तथा सबै जातीय संगठनहरूलाई उनले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

तस्वीर रोशन भूजेल । उहाँ परिषर्दका उपाध्यक्ष तथा कार्यक्रमका प्रचारप्रसार संयोजक एवम् कार्यक्रम संचालक हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *