इटहरीमा बीपी स्मृति दिवस: राष्ट्रिय माविको हाजिरीजवाफमा बाजी

0

नेपाली कांग्रेस इटहरीका कार्यवाहक सभापति कोबिदजङ्ग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरभित्रका १९ विद्यालय सहभागी थिए।

congress image (1)

इटहरी । गोर्खा खबर

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा इटहरीमा आयोजना गरिएको विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय पहिलो भएको छ। नेपाली कांग्रेस इटहरी उपमहानगर समितिद्वारा आयोजित प्रतियोगितामा विश्व आदर्श कलेज दोस्रो र एडुटेक कलेज तेस्रो स्थानमा रहे।

विजेताहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । पहिलोलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ प्रदान गरियो ।

नेपाली कांग्रेस इटहरीका कार्यवाहक सभापति कोबिदजङ्ग कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इटहरी उपमहानगरभित्रका १९ विद्यालय सहभागी थिए।

कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न नेता तथा नेपाल विद्यार्थी संघ, सुनसरीको सहभागिता रहेको थियो।

बीपी कोइराला नेपाली कांग्रेसका संस्थापक नेता तथा बहुदलीय प्रजातन्त्रका प्रबल पक्षधर थिए। उनले लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र राष्ट्रिय एकताको पक्षमा समर्पित रहेर जीवनभर संघर्ष गरे। सन् १९५९ मा नेपालको पहिलो आमनिर्वाचनमार्फत जननिर्वाचित प्रधानमन्त्री बनेका बीपी कोइरालाले देशमा लोकतान्त्रिक अभ्यासको थालनी गरे।

यद्यपि उनको सरकारलाई त्यसबेला सैनिक तख्तापलटमार्फत अपदस्थ गरिएको थियो। बीपी कोइरालाको स्मृति दिवसमा आयोजित यस कार्यक्रमले आजका विद्यार्थी पुस्तालाई लोकतन्त्र, राजनीति र समकालीन इतिहासप्रतिको ज्ञान अभिवृद्धिमा मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *