मिलन गुरुङ्गको नेतृत्वमा तरहरा जेसीजको नयाँ कार्य समिति

0
jaycees milan grg

तरहरा । सामाजिक सेवा र युवा नेतृत्व विकासमा अग्रणी भूमिका निभाएको तरहरा जेसीजले वर्ष २०२६ का लागि मिलन गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । ईमान्दार गुरुङ्ग सामाजिक, व्यवसायीक एवम् मिलनशार युवाका रुपमा परिचित छन् ।

तरहरा जेसीजले सामाजिक र भौतिक विकासमा झन्डै तीन दशकदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। मानवताको सेवालाई जीवनको सर्वोत्तम कार्य ठान्ने जेसीजले स्थापनाकालदेखि नै कुशल नेतृत्व उत्पादनमा उल्लेख्नीय भूमिका खेलेको छ । संस्थाको नयाँ कार्यसमितिमा कार्यकारिणी उपाध्यक्षहरूमा बिनिता तामाङ्ग र लिलामणी खड्का, उपाध्यक्षहरूमा बिवश विष्ट, योगेश गिरी, रोजित गिरी र विदुरमणी नेपाल, सचिवमा सुभाष निरौला र जनसम्पर्क अधिकारीमा बिजय तामाङ्ग निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष गुरुङ्गले तरहरा जेसीजको गौरवशाली इतिहासलाई थप उचाइमा पुर्‍याउने र आगामी कार्यकालमा युवाहरूको सशक्तीकरणका लागि ठोस योजनाहरू ल्याउने जानकारी दिए ।

जेसीजले वर्ष २०२५ का अध्यक्ष सुमन दाहाल, तरहरा जेसीजको ईतिहासमा नै पहिलो नेतृ रिता आचार्य भूषाल, पूर्व अध्यक्ष राम गिरी लगायतका उपस्थीत रहेको कार्यक्रममा तत्कालिन अध्यक्ष दाहालले आफ्नो कार्यकालमा सहयोग पुराउने सम्पूर्ण पदाधिकारी र साथीहरुलाई सम्झिदै धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *