संस्थागत सुदृढीकरण र व्यवसायीक हितका लागि इक्यानको सचिवमा भुपाल केसीको दावेदारी
वर्तमान कार्यसमिति सदस्यको रूपमा एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका केसीले आफ्नो उम्मेदवारी घोषणा गर्दै अब उक्त अवधिमा हासिल गरेको अनुभवलाई सचिवको भूमिकामा उपयोग गर्न चाहेको बताएका छन् ।
काठमाडौँ । गोर्खा खबर
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८ गते हुने निर्वाचनका लागि वर्तमान कार्यसमिति सदस्य भुपाल केसीले केन्द्रीय सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका केसीले संस्थाको गरिमा र व्यवसायीहरूको साझा पहिचानलाई थप उचाइमा पुर्याउने संकल्पका साथ आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । उनले इक्यानलाई केवल एउटा छाता संस्थाको रूपमा मात्र नभई व्यवसायीहरूको मर्यादा र हकहितको रक्षा गर्ने सुदृढ थलोको रूपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
वर्तमान कार्यसमिति सदस्यको रूपमा एक कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका केसीले आफ्नो उम्मेदवारी घोषणा गर्दै अब उक्त अवधिमा हासिल गरेको अनुभवलाई सचिवको भूमिकामा उपयोग गर्न चाहेको बताएका छन् ।
उनले संस्थागत सुदृढीकरणका लागि कुनै पनि प्रकारका व्यवसायीक हकहित विपरीतका कार्यमा सम्झौता नगर्ने स्पष्ट पारेका छन्।
“सामुहिक प्रतिवद्धतालाई संस्थागत गर्दै सक्रिय भूमिका निर्वाह गर्नु नै मेरो मुख्य लक्ष्य हो”, केसीले भने, “म संस्थागत सुदृढीकरण र व्यवसायीक हितका लागि लड्ने छु ।”
पेशागत क्षेत्रमा उनको लामो निरन्तरता, प्रष्ट दृष्टिकोण र विगतको इतिहासले उनलाई एक ुउदीयमान र क्षमतावानु नेताको रूपमा स्थापित गरेको छ । केन्द्रीय सदस्यको रूपमा उनले बहन गरेको जिम्मेवारी र कार्यकुशलताले नै उनलाई आगामी सचिव पदका लागि सबैभन्दा योग्य उम्मेदवार बनाएको, गोर्खा खबरसँग कुरा गर्दै उनले दाबी गरेका छन् ।
शैक्षिक परामर्शदाताहरूका समस्यालाई नीतिगत तहसम्म पुर्याउन र समाधान खोज्न सक्ने क्षमता आफुसँग भएको र आफु सक्षम रहेको बताउदै केशीले सम्पूर्ण इक्यान सदस्यहरूलाई आफूमाथि पूर्ण भरोसा राख्न आग्रह गर्दै अमूल्य मत, साथ र सहयोगको अपिल गरेका छन् ।
एक सक्षम र जुझारु नेतृत्वको खोजीमा रहेका मतदाताहरूका लागि आफु एउटा आशालाग्दो विकल्पको रूपमा रहेको बताउदै उनले चुनावी मैदानमा उत्रिएसँगै इक्यान भित्र व्यवसायीक एकता र सुधारको पक्षमा नयाँ बहस शुरु गरेका छन् । उनको यो दृढताले निर्वाचनमा नयाँ तरङ्ग पैदा गरेको छ।
