तरहरा जेसिजको २६ औं पदस्थापन सम्पन्न

0
Jaycees Rita Bhusal president

(आर्काइभबाट)

तरहरा । शुक्रबार सम्पन्न तरहरा जेसीजको २६ औं पदस्थापनमा अध्यक्ष रिता भुसाल र उनको टिमले पदभार ग्रहण गर्रयो । उनले तिनजनालाई मनोनित समेत गरिन् ।

कानुनी सल्लाहकारमा सन्तोष पुरी (सुशान्त), महासचिवमा उत्तम गिरी र कोषाध्यक्षमा बसन्त घिमिरेलाई भुसालले मनोनित गरेकी हुन् ।

उनको नेतृत्वमा मदन बस्नेत र सुरज लामा कार्यकारिणी उपाध्यक्ष छन् । त्यस्तै, उपाध्यक्षमा गोविन्द घिमिरे, सोनिया बस्नेत, सुमन रेग्मी र किरण शाह छन् । सचिव सन्जना पण्डित रहेकी छिन् भने जनसम्पर्क अधिकारीमा सुजित कर्ण छन् ।

तरहरा जेसीजको इतिहासमा भुसाल पहिलो निर्वाचित महिला अध्यक्ष हुन् ।

जेसीज समाचारमा क्षमायाचना

तरहरा जेसीसमा महिला पहिलोपटक नेतृत्वमा” समाचार शिर्षक समाचारका लागि गोर्खा खबरको सह प्रकाशन सोल्टी टिभी डट कमका प्रकाशक आमा डिजिटल म्यानेजमेन्ट एण्ड मार्केटिङ प्रा.लि., तरहरा आम पाठक एवम् दर्शक, तरहरा जेसीज र सरोकारवलासँग क्षमायाचना गर्न चाहान्छ ।

समाचार स्रोतलाई उद्धत गर्दै यसअघि “तरहरा जेसीसमा महिला पहिलोपटक नेतृत्वमा” शिर्षकमा समाचार प्रकाशन गरिएको भए पनि, तरहरा जेसीज उच्च स्रोतले पछिल्लो पटक जानकारी गराए अनुसार, निर्णय माइन्युट भईनसकेकोले यस्तो अवस्थामा समाचारलाई विधानतः पुष्टि गर्न आधार नभेट्निे देखिएकोले आधिकारीक प्रष्ट्रता नभएसम्मका लागि अघिल्लो समाचार (“तरहरा जेसीसमा महिला पहिलोपटक नेतृत्वमा“) का लागि सोल्टी टिभीले क्षमायाचना गर्न चाहेको हो ।

यसबाट पर्न गएको असुविधा र संस्थागत एवम् व्यक्तिगत क्षतिका लागि समेत हामी सम्बन्धितसँग माफी माग्न चाहान्छौं । तरहरा जेसीज २०२४ को नेतृत्व र टिम बारे पुष्टि हुने आधिकारीक जानकारीपछि मात्र अब पूर्ण सचेत भई समाचार प्रकाशन गर्ने विश्वास दिलाउन चाहान्छौं ।

जेसीजको निर्णय माइन्युटिङ गर्न बाँकी, सहमती प्रयास जारी

तरहरा । तरहरा जेसीजले २०२४ को लागि रिता आचार्य भुषालको नेतृत्वका टिम चयन गरेको समाचार ब्यापक भई सामाजिक संजालमा शुभकामना दिने लर्को लागे पनि विधानतः जेसीजको निर्णय माइन्युटिङ गर्न बाँकी नै रहेको तरहरा जेसीज उच्च स्रोतले पछिल्लो पटक जानकारी गराएको छ । यसका लागि सहमतीका प्रयास भईरहेको समेत सो उच्च स्रोतले जानकारी गराएको छ ।

“हल्ला चै ब्यापक नै भईगयो तर, विधानतः जेसीजको निर्णय माइन्युटिङ गर्न भने बाँकी नै रहेको छ ।”, उच्च स्रोतले भन्यो, “आन्तरिक सहमती गर्ने प्रयास भईरहेको छ ।”

यससम्बन्धी थप विवरण प्राप्त भएपछि विस्तृत समाचार प्रकाशन गर्नेछौं ।

तरहरा जेसीसमा महिला पहिलोपटक नेतृत्वमा

तरहरा । अघिल्ला वर्षहरु जस्तै किचलो भएन् यसबेलाको तरहरा जेसीसमा नयाँ नेतृत्व चयनको क्रममा । यसअघि, नेतृत्वमा पहिलो महिला हुनुबाट चुकेकी रिता आचार्य भुसाल यसपटक भने सर्वसम्मत निर्वाचित बनिन् सफल भएकी छिन् । तथापि, अध्यक्षका लागि अरु पनि आकांक्षी भएको, जानकारी प्राप्त छ ।

किड्स हेप्पी होमकी संचालिका समेत रहेकी शिक्षासेवी तथा प्रगत्तिशील सोचकी रिताले तरहरा जेसीजलाई नयाँ युगमा लग्ने, स्थानीय विश्वास छ ।

“स्नातकोत्तर गरेकी एउटी शिक्षित महिला जो आफैंमा शैक्षिकदेखि सामाजिक काममा जुजारु छिन् उनीबाट स्वभाविक रुपमा बढी र फरक आशा र अपेक्षा छ ।”, स्थानीय संस्थाका नेतृत्व गरेका एक सामाजिक युवा भन्छन्, “लिट्रल्ली (शाब्दिक रुपमा) रिताले तरहरा जेसीजलाई नयाँ युगमा लग्ने छिन् ।”

उनले अध्यक्ष रिता र टिमलाई शुभकामना समेत दिएका छन् ।

तरहरा जेसीस वर्ष २०२३को चौथो साधारणसभा तथा २६औँ शाखा अधिवेशनबाट तरहरा जेसीस वर्ष २०२४ का लागि रितालाई चयन गरेको हो । तरहरा जेसीसको नेतृत्व गर्ने उनी पहिलो महिला बनेकी छिन् । इतिहासमा उनको नाम दर्ज मात्र भएको छैन्, उनले अब्बल रुपमा नेतृत्व र व्यक्तित्व विकासमा आफुलाई साबित गर्ने भविष्यवाणी छ ।

अब्बल नेतृत्व, उस्तै टिम :

उपाध्यक्षमा निवाचित मदन बस्नेत र सुरज तामाङ पनि युवाहरु माझ प्रतिष्ठित नाम हो ।

त्यस्तै, उपाध्यक्षमा निर्वाचित अन्य चार क्रमशः गोबिन्द घिमिरे, सुमन रेग्मी, किरन शाह र, सोनीया बस्नेत पनि युवा माझ राम्रौ छाप बनाएका आशा लाग्दा भविष्य हुन् । गोबिन्द एनएमबी धरान शाखा प्रमुख हुन् ।

त्यस्तै सचिवमा सन्जना पन्डित र जन सम्पर्क अधिकारीमा सुजित कर्ण चयन भएका छन् ।

बुधबार निर्वाचित यो टिमको औंपचारिक कार्यक्रम भने हुन् बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *