ईप्रका इटहरीद्वारा शुक्रबार सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम हुने

0
police itahari station

इटहरी, साउन २७ । गोर्खा खबर

ईलाका प्रहरी कार्यालय (ईप्रका) इटहरी, सुनसरीको आयोजनामा सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम भोलि (२०८२ साउन २७ गते, शुक्रबार) बिहान १० बजे इटहरी(२० स्थित रूद्राक्ष पार्टी प्यालेसमा हुने भएको छ।

प्रहरी प्रशासन र जनताको सम्बन्ध सुदृढ गर्दै, प्रहरी सेवामा पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्न उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा जनसमुदाय, सरोकारवाला निकाय तथा पत्रकारहरूको उपस्थिति अपेक्षित गरिएको छ।

कार्यक्रममा सहभागी भई प्रहरी सेवा, सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा नागरिक सरोकारका विषयमा सिधा रूपमा प्रश्न गर्न, सुझाव दिन र अन्तरक्रिया गर्न सकिनेछ।

इटहरी उपमहानगरपालिका वडा नं. २० का कार्यवाहक अध्यक्ष तनुज गुरुङ (सुरेश) ले सबै वडा वासिन्दा, युवा, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवाला जनसमुदायलाई कार्यक्रममा उपस्थिति भई कार्यक्रमलाई सफल तथा उपलब्धिमूलक बनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *