इटहरीमा आज साँझ दिप प्रज्वलन कार्यक्रम

0
Gurung News Itahari

गोर्खा खबर । इटहरी

कोशी प्रदेशको इटहरीमा तमु गुरुङ र मगर भाषा लाई सरकारी कामकाजको भाषाको रुपमा सरकारी तवरबाट काम गर्ने गराउने ब्यबस्था गर्नको लागि बनेको बिधायक गण्डकी प्रदेश संसदबाट पारित भएको खुशीयालीमा गण्डकी प्रदेश सरकारलाई धन्यवाद दिनका लागि आज इटहरीमा दिप प्रज्वलन कार्यक्रम गरिने भएको छ ।

तमुश्यो ह्युल छोज धि गुरुङ गुरुङ महिला राष्ट्रिय परिषद्, जिल्ला कार्यसमिति सुनसरी, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद, इटहरी उपमहानगर समिति सुनसरी, श्री बुद्द गुम्बा इटहरी तमु सेवा समिति इटहरी, श्री बौद्द गुम्बा तमु सेवा समिति तरहरा लगायतको संयुक्त आयोजनामा आज साँझ ६ः३० बजे इटहरी चौकमा दिप प्रज्वलन गरिने, तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद्‌का केन्द्रीय सदस्य दिव्यराज गुरुङले जानकारी गराउनुभयो ।

आयोजक संस्थाहरुले सहभागिताका लागि सबैलाई अनुरोध गर्दै सम्भवभएसम्म तमु पोशाकमा उपस्थीत हुनका लागि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *