गोर्खा खबर, इटहरी-२०, तरहरा | २०७९ साउन ४
तरहरा कोरा च्यालेन्ज २०२५ (२०८२)) भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। पाँच सय बढी उत्साहपूर्ण सहभागीले आज इटहरीको रौंनक तत्ताएको थियो ।
करिव १५० जना बालबालिकाको सहभागितामा सम्पन्न किड्स कोरा ११.३ किमी दूरीको थियो । यस कोराको वाटर प्वाइन्ट इटहरी वडा नं. १ र महुलिया स्थित नमुना एकेडेमीमा राखिएको थियो । खाजा नास्ताको व्यवस्थापन भने भवानीपुरस्थित सगरमाथा फुजिशान बोर्डिङ स्कुलमा गरिएको थियो भने व्यवस्थापनमा ज्ञानदर्पन विद्यालयका स्काउट्स टिम, विद्यालयका विद्यार्थीहरू तथा ॐ डान्स सेन्टरले सहयोग गरेको थियो ।
करिव ४५ मिनेटको ब्रेकपछि सिनियर टोलीहरूसँग पुनः शुरु गरिएको कोरा बहुभाषी आधारभूत विद्यालयमा समापन भएको थियो । लगभग ३५ किमीको सिनियर कोरा तरहरा भित्रको सवारी, इटहरी हुदै जनता बहुमुखी क्याम्पससम्म पुगेर खाजा ब्रेक लिएको थियो।
इटहरी जेसिज, इटहरी लेडी जेसिज, लायन्स क्लब अफ इटहरी इनोभेसन र लियो क्लब अफ इटहरी इनोभेसनले पानी, फ्रुटी र फलफूल बाँडफाँड गरेका थिए।
साईक्लिस्टहरु पश्चिम पकलीबाट उत्तर लाग्दै पटेरुवा हुदै पुनः भवानिपुरमा किड्स कोरासँग समायोजन गर्दै समापन स्थलमा तर्फ लागेका थिए ।
त्यसपछि, समापन समारोहमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका डीआईजी श्री कृष्ण न्यौपाने, विशेष अतिथिका रूपमा इटहरी वडा नं. २ अध्यक्ष तथा हाल कार्यवाहक नगर प्रमुख श्री मनिराम श्रेष्ठ, नेपाली कांग्रेसका युवा संगठन तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ लगायत २० जना भन्दा बढी विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण साइकलिङ क्लबहरू, सहायक संस्थाहरूलाई मायाको चिनो, प्रशंसा पत्र प्रदान गरिएको थियो। साथै, शारीरिक रूपमा सबल नभएका साइकलिस्टहरूको जीवन संघर्ष वाचन गर्दै सम्मान गरिएको थियो।
त्यस्तै, क्लबले इटहरी उपमहानगरपालिका–१ स्थित टेङ्ग्राखोला किनारमा ‘छतविहीन’ कक्षामार्फत शहरका गरिब, दलित र सीमान्तकृत समुदायका ३२ जना बालबालिकालाई निःशुल्क शिक्षण प्रदान गरिरहेका शिक्षक चन्द्र भण्डारीलाई नगद १० हजार रुपैयाँसहित विशेष सम्मान गर्यो । ।
तरहरा कोरा च्यालेन्जले साइकल चलाउने प्रवृत्तिलाई प्रोत्साहन गर्नुका साथै सामाजिक सद्भाव, स्वास्थ्य चेतना र स्थानीय स्तरको सहकार्यलाई पनि उदाहरणीय रूपमा प्रस्तुत गरेको, क्लबका कार्यवाहक अध्यक्ष मीन कुमार खवास बताए ।
खसाकै सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम संयोजक सुरज लामा तामाङले गोर्खा खबरसँग सबै सहभागी, सहकार्यकर्ता संस्था, प्रायोजक, सहप्रायोजक, सहयोगी, मिडिया एवम् मिडियाक्रमी तथा स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा अझ प्रभावशाली कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।
(तरहरा साइकलिङ क्लबद्वारा आयोजित यस कार्यक्रमको समन्वयक सुरज लामा तामाङ थिए, जसको कुशल नेतृत्व र व्यवस्थापनमा सम्पूर्ण कोरा च्यालेन्ज सम्पन्न भएको हो। यो समाचार तामाङले उपलब्ध गरेका विवरणको आधारमा रउनको सहयोगमा तयार पारिएको हो । सम्पादक ।)
तस्वीरः गोविन्द घिमिरे
