वडा नं. २० का वडाध्यक्ष श्रेष्ठ कार्यवाहक नगरप्रमुख

0

कार्यवाहक नगर प्रमुख बनेका श्रेष्ठ इटहरीको विकासप्रति निरन्तर सक्रिय, प्रतिबद्ध र व्यवहारमैथुन नेतृत्वका परिचायक मानिन्छन्। सामाजिक, भौतिक तथा पूर्वाधार विकासमा विशेष रुचि राख्ने श्रेष्ठले वडा नं. २० लाई नमुना वडाको रूपमा अघि बढाउने अभियानमा लागिरहनुभएको छ।

Ward 20 President Maniram Shrestha

इटहरी, साउन २ — इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल कार्यशिलशिलामा कार्यक्षेत्र बाहिर जानुपर्ने भएकाले वडा नं. २० का वडाध्यक्ष श्री मणिराम श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी दिइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ (क) र १२ अनुसार नगर प्रमुख पौडेलले साउन २ गतेदेखि आफू पुनः कार्यालयमा उपस्थित नहुञ्जेलसम्मका लागि श्रेष्ठलाई पत्रमार्फत् जिम्मेवारी हस्तान्तरण गरेका हुन्। सो जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, तथा उपमहानगरपालिका अन्तर्गतका विभिन्न शाखाहरूमा बोधार्थ पठाइएको छ।

कार्यवाहक नगर प्रमुख बनेका श्रेष्ठ इटहरीको विकासप्रति निरन्तर सक्रिय, प्रतिबद्ध र व्यवहारमैथुन नेतृत्वका परिचायक मानिन्छन्। सामाजिक, भौतिक तथा पूर्वाधार विकासमा विशेष रुचि राख्ने श्रेष्ठले वडा नं. २० लाई नमुना वडाको रूपमा अघि बढाउने अभियानमा लागिरहनुभएको छ। इटहरीका सडक विस्तार, सार्वजनिक स्थानहरूको सौन्दर्यकरण, सरसफाइ, युवाहरूको क्षमता विकास, तथा सामुदायिक समन्वयमा उहाँको सक्रियता सराहनीय रहेको छ।

श्रेष्ठको व्यवहार, नेतृत्वशैली र सहज पहुँचका कारण नगरबासीबीच उहाँप्रति विश्वास र समर्थन उच्च रहेको छ। नगर प्रमुखको अनुपस्थितिमा उहाँको नेतृत्वमा इटहरी उपमहानगरपालिकाले योजनाबद्ध तरिकाले सेवा प्रवाहमा कुनै अवरोध नआउने विश्वास नगरवासीले लिएका छन्।

इटहरी उपमहानगरको आगामी नीतिगत र संरचनागत योजनाहरूलाई निरन्तरता दिँदै, समावेशी विकास र नागरिकमैत्री प्रशासनलाई थप प्रभावकारी बनाउन श्रेष्ठको भूमिका उल्लेखनीय हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *