(आर्काइभबाट)
धरान / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), प्रदेश १ की उपाध्यक्ष भूमिका लिम्बू फियाकले यतिबेला, शाब्दिक रुपमा, गतिलो झापड हानेकी चर्चा धरानमा छ । फोनिज सुनसरीले पौषको जाडोमा समेत गर्मी बढाईरहेको ‘टक अफ द टाउन’ भईरहेको बेला प्रदेशका पदाधिकारीले जिल्लामा नेतृत्व गर्न पाईदैन/मिल्दैन भनेर कान फुक्नेलाई भूमिकाले दिमाग खुल्ने गरि झापड दिएकी टक अप द टाउन थपिएको छ । प्रदेश १ की उपाध्यक्षबाट राजिनामा दिएर भूमिका जिल्ला झरेर सर्वसम्मत अध्यक्ष भएकी छिन् । झापामा फोनिजको उनी पहिलो महिला अध्यक्ष बनिएर इतिहास रचेकी छिन् ।
तर, प्रदेश १ की उपाध्यक्ष भूमिकासँगै फोनिज प्रदेश १ का कार्य समिति सदस्य रहेका सुनसरी जिल्लाका नवीन गुरुङले पनि कार्य समिति सदस्यबाट राजिनामा (हेर्नुहोस् राजिनामा पत्र, तल) दिएर जिल्ला नेतृत्वका लागि आकांक्ष देखाउदै अध्यक्षमा दावेदारी गर्दा भने उनलाई जिल्लामा रोक्नका लागि प्रदेशको कार्य समितिमा रहेर जिल्लामा दावेदारी गर्न कसरी पाउछ (न्) ? भन्दै धरानमा ठेकेदार पत्रकारले मतदाता पत्रकारहरुलाई (ढोल पिट्दै होईनन्) सुटुक-सुटुक कान फुक्दै हिडेको खबर प्रदेश १ की उपाध्यक्ष भूमिकाले फोनिजको झापा जिल्ला अध्यक्ष जितेपछि ‘लिक’ भएको छ (अडियो रेकर्ड सोल्टी टिभीले प्राप्त गरेको छ ।) ।
प्रदेश १ की फोनिज उपाध्यक्ष भूमिकाले जिल्ला झरेर झापा फोनिजको नेतृत्वमा विजय प्राप्त गरेर प्रमाण पत्र लिई पदग्रहण गरिसकेपछि प्रदेश पदाधिकारीले जिल्लाको नेतृत्व गर्न मिल्दैन भन्दै गुरुङलाइ रोक्न हरप्रयास गरेका ठेकदार पत्रकारले अब कुन हत्कण्डा मचाउछन् होला ? अहिले कोईसन अफ द टाउन (शहरको प्रश्न) भएको छ । उता, सुनसरी जिल्लामा तमू (गुरुङ) समुदायबाट एक्लो गुरुङ पत्रकार नवीनलाई जिल्लाको नेतृत्व सम्हाल्न नदिन ‘अचकली दरिद्रता’ देखाईरहेको टिप्पणी धरानका अग्रज पत्रकारहरुले नै गरेका छन् ।इटहरी ब्युरो
भूमिकाको नेतृत्वमा कार्य समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष क्रमशः सविना राई, तिलक योञ्जन, विन्दु मुकारुङ र नरेश गुरुङ चयन भएका छन् । त्यस्तै, समिति सदस्यहरुमा प्रतिक्षा राजवंशी, धनकुमार लावती, सुरेश थापा आले मगर, डिल्लीश्वर लिम्बू, एकराज प्रधान र सुजन प्रधान निर्वाचित भएका निर्वाचन अधिकृत कमन देवानले जानकारी दिए । सोही अधिवेशनले प्रादेशिक र संघीय महाधिवेशन प्रतिनिधि समेत पनि चयन गरेको छ । प्रदेश प्रतिनिधिहरुमा सर्णीमा राई, सुमन बेघा, मीना नेम्वाङ, निरन राई, सेसेहाङ फियाक, कविध्वज राई, सजन राई, सनिला राई, लीला राई, सौरव मुखिया ‘ए’ र सौरव मुखिया ‘बी’ छन् भने संघीय महाधिवेशन प्रतिनिधिहरुमा आनन्द गुरुङ, विशाल नेम्वाङ, देशराज नेम्वाङ, भारती राई, यज्ञराज सुब्बा (विष्णु), रमेश समदर्शी राई र गणेशमान मुखिया रहेका छन् ।
मंसीर २५ गते अर्जुनधाराको खुदुनाबारीमा नयाँ नेतृत्व बारे सकस भएपछि पौष १० गतेसम्मका लागि स्थगन गरि अन्ततः सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।

