गुरूङ र मगर भाषालाई गण्डकीमा कामकाजी भाषा बनाइँदै

0

विधेयकलाई बिलम्ब नगरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन समेत तमू ह्युल छोंज धीँले आग्रह गरेको छ।

Gurung Tamu logo

इटहरी । गण्डकी प्रदेश सरकारले गुरूङ र मगर भाषालाई सरकारी कामकाजीको भाषाको रूपमा प्रयोग गर्ने विधेयक पारित गरेकोमा गण्डकी सरकारले ऐतिहासिक निर्णय गरेर नेपालको आदिवासी जनजाति समुदायको माग ढिलै भए पनि सम्बोधन गरेको भन्दै तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषदले उक्त निर्णयको स्वागत गरेको छ । विधेयकलाई बिलम्ब नगरी यथाशीघ्र कार्यान्वयनमा ल्याउन समेत तमू ह्युल छोंज धीँले आग्रह गरेको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा गुरूङ जातिको थातथलेको रुपमा रहको गण्डकी प्रदेशमा गुरूङहरुको जनसङ्ख्या १२ प्रतिशत छ। तसर्थ १२ प्रतिशत गुरूङहरुले बोल्ने भाषा नेपालको राष्ट्र भाषा भएको कुरालाई कसैले पनि नकार्न नसकिने कुरा गण्डकी प्रदेश सरकारको निर्णयले थप पुष्टि गरिदिएको ह्युल छोंज धीँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

तत्कालीन अवस्थामा तमू छोंज धीँ तमू राष्ट्रिय समन्वय परिषदले लामो समयदेखि गुरूङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न संवैधानिक व्यवस्थाको लागि सरकारसमक्ष माग गर्दै आएको थियो। यी दुवै संस्था एकीकृत भई २०६५ सालमा तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषद बनेपछि यो संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा गुरूङहरुको हकअधिकार स्थापित गर्न सशक्तरुपमा लाग्दै आएको ह्युल छोंज धीँले जनाएको छ।

‘संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन पहल गरेको भन्दै ह्युल छोंज धीँले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित समामुख, मन्त्रीहरु तथा गण्डकी प्रदेश सभाका सदस्यहरुप्रति अनुग्रहित छौँ,’ ह्युल छोंज धीँका महासचिव राजु गुरूङद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसै सन्दर्भमा तमू ह्युल छोंज धीँ गुरूङ राष्ट्रिय परिषदको विधानमा व्यवस्था भएअनुरुप गुरूङ समुदायमा सिक्ने र सिकाउने विधिको रुपमा गुरूङहरुको खेमा लिपिको प्रयोग हुँदै आएको हुँदा त्यसलाई पनि सरकारले गुरूङ भाषाको खेमा लिपिलाई पनि आधिकारिकता दिने कुरामा विश्वस्त रेहेको विज्ञप्तिमा उल्लेख छ।

इटहरीमा भोलि साँझ दिप प्रज्वलन कार्यक्रम

यसैबिच, कोशी प्रदेशको इटहरीमा तमु गुरुङ र मगर भाषा लाई सरकारी कामकाजको भाषाको रुपमा सरकारी तवरबाट काम गर्ने गराउने ब्यबस्था गर्नको लागि बनेको बिधायक गण्डकि प्रदेश संसदबाट पारित भएको खुसियालिमा गण्डकी प्रदेश सरकारलाई हार्दिक बधाई दिदै दिप प्रज्वलन कार्यक्रम गरिने भएको छ ।

तमुश्यो ह्युल छोज धि गुरुङ गुरुङ महिला रास्ट्रीय परिषद, जिल्ला कार्यसमिती सुनसरी, तमु ह्युल छोज धि गुरुङ रास्ट्रीय परिषद, इटहरी उप(महानगर समिती सुनसरी, श्री बुद्द गुम्बा इटहरी तमु सेवा समिती इटहरी, श्री बौद्द गुम्बा तमु सेवा समिती तरहरा इटहरीको संयुक्त आयोजनामा भोलि साझ ६:३० बजे इटहरी चौकमा दिप प्रज्वलन गरिने,तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद्‌का केन्द्रीय सदस्य दिव्यराज गुरुङले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *