वुमन ब्याडमिन्टन टिमले ब्याडमिन्टन प्रतियोगिता गर्दै
गोर्खा खबर । तरहरा
सुनसरीको इटहरी(२० स्थित तरहरा ब्याडमिन्टन हलमा स्थानीय क्षेत्र ब्याडमिन्टन प्रतियोगिता(२०८३ आयोजना हुने भएको छ।
ुवुमन ब्याडमिन्टन टिम तरहराको आयोजनामा हुने यस प्रतियोगिता आगामी २०८३ असोज २८ गते बुधबारका दिन सञ्चालन हुनेछ। प्रतियोगितामा ए, बी, र सी गरी तीन भिन्न श्रेणीमा खेलहरू खेलाइनेछ।
यस प्रतियोगितामा सहभागी हुनका लागि प्रति व्यक्ति प्रवेश शुल्क रु। १,००० तोकिएको छ। सहभागी खेलाडीहरूका लागि नगद पुरस्कार, भेस्ट, ब्रेकफास्टका साथै ट्रफी, पदक, र प्रमाणपत्रको व्यवस्था गरिने आयोजकले जनाएको छ । दर्ता तथा थप जानकारीका लागि ९८६२६२३९९८ र ९७६८६८७३३५ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
