इटहरी जेसीजको ‘लिडर्स फर टुमारो’ कार्यक्रममा सहभागी हुन नगरवासीलाई आह्वान

0
jaycees

इटहरी जेसीजको आयोजनामा विगत एक सातादेखि सञ्चालन भइरहेको बहुआयामिक ‘जेसीज सप्ताह’ को साताव्यापी कार्यक्रमको समापनसँगै युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘लिडर्स फर टुमारो’ कार्यक्रमको आयोजना गरिएको छ।

कार्यक्रमबारे विस्तृत जानकारी दिँदै इटहरी जेसीजका अध्यक्ष मिसन पराजुलीले सम्पूर्ण इटहरीवासी सचेत नागरिक, बुद्धिजीवी, समाजसेवी, उद्योगी-व्यवसायी तथा युवाहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्नुभएको छ।

अध्यक्ष पराजुलीका अनुसार साताभर सञ्चालित सामाजिक, शैक्षिक तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरूले स्थानीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको र समापन समारोहमा नगरवासीको सक्रिय उपस्थिति र ऐक्यबद्धताले थप हौसला प्रदान गर्नेछ।

दुर्गा पार्टी प्यालेसमा आयोजना हुने समापन तथा विशेष समारोह (भाद्र ३१ गते, बुधबार) दिउँसो ठीक २ बजेबाट सुरु हुने कार्यक्रम तालिका रहेको छ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि मूल संयोजक प्रमोद घिमिरे (भान्जा) र महासचिव टंकमणि न्यौपाने (रविन) को नेतृत्वमा जेसीजको टोली पूर्ण रूपमा खटिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *