सुधनमाथि ‘मिडिया ट्रायल’

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि लगाइएका आरोपहरूबारे सरकारी छानबिन समितिले कुनै गम्भीर अनियमितता वा अवैध सम्पत्ति फेला नपारेको, स्रोतहरूका उल्लेख गरेका छन् । समितिले देखाएका विषयहरू व्यक्तिगत भ्रष्टाचारभन्दा बढी प्रणालीगत कमजोरीसँग सम्बन्धित रहेको निष्कर्ष निकालेको छ।
सम्पत्ति, सेयर कारोबार, सुन, रेमिट्यान्स तथा अन्य विवादित विषयहरूमा जबरजस्ती मसला बनाएर केही मिडियाले नियोजित, प्रायोजित एवम् पूर्वाग्रही ढंगले निक्कै तल्लोस्तरबाट चरित्रहत्या गर्दैं भ्रम छरेपछि आरोपलाई तथ्यजाँचबिनै सोसल साइट समेतको दुरूप्रयोग गरि नकारात्मकता फैंलाईएको थियो ।
सुधन गुरुङभन्दा बढी यस घटनाले पूर्वाग्रही टिप्पणी, अपुष्ट आरोप र ‘मिडिया ट्रायल’ संस्कृतिमाथि प्रश्न खडा गरेको छ।
छानबिनको निष्कर्षले आरोप र वास्तविकताबीच ठूलो दूरी रहेको संकेत गरेको स्रोतको भनाई छ । यसले सुधनलाई जर्बरजस्ती प्रपंच रचेर विवादमा पारिएको, उनी निकट एक नेताको भनाई छ ।
